• कर सहयोगी श्रमिक संगठन चितवनमा पुनः पौडेलको नेतृत्व


    भरतपुर/नेपाल कर सहयोगी श्रमिक संगठन चितवनको अध्यक्षमा पुनः गोकुल पौडेल निर्वाचित भएका छन् । संगठनको शनिबार सम्पन्न जिल्ला अधिवेशनले पौडेललाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो ।
    शनिबार १५ सदस्यीय कार्यसमिति चयन भएको हो । संगठनको प्रथम उपाध्यक्षमा पुरुषोत्तम आचार्य, द्धितीय उपाध्यक्षमा शंकर अधिकारी र तृतीय उपाध्यक्षमा सम्झना तिवारी चयन भएका छन् ।
    यस्तै सचिवमा नवराज पोख्रेल, कोषाध्यक्षमा प्रकाश कुमार झा तथा सह–सचिवमा सुनिल आचार्य चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षे हुनेछ । संगठनले व्यवसायी र आन्तरिक राजश्व कार्यालयकाबीच सहयोगीको रुपमा काम गर्ने गर्दछ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt