• कपिलवस्तुका पर्यटन व्यवसायीद्धारा गणेशधाम अवलोकन


    भरतपुर/होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तुको मेचि–महाकाली पर्यटन प्रबद्र्धधन अभियान २०७७ को यात्रामा सहभागि टोलीले भरतपुरको एक महत्वपुर्ण पर्यटकीय क्षेत्रको रुपमा स्थापित गणेशधामको अवलोकन गरेको छ । विभिन्न जिल्लाहरुमा कपिलवस्तुको पर्यटन प्रवद्र्धन गरेर फर्कने क्रममा भरतपुर ११ स्थित गणेशधाम मन्दीर परिसरमा गणेशधाम संरक्षण समीतीका अध्यक्ष तथा होटल व्यवसायी महासंघ नेपालका वरिष्ट उपाध्यक्ष दिनेश कुमार चुके र होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितवनका अध्यक्ष ज्योतीप्रसाद कडेल, उपाध्यक्ष अमीत अधिकारी, सचिव सुरेन्द्र के.सी लगायतले भ्रमण टोलीलाई स्वागत सहित गणशधाम क्षेत्रको अवलोक गराएको हो ।
    सो अवसरमा गणेशधाम तथा चितवनका पर्यटकीय स्थानहरुको बारेमा वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले जानाकारी गराउनु भयो । कपिलवस्तु र चितवनको धार्मिक पर्यटकीय क्षेत्रहरूमा विभिन्न संघ संस्थाहरुलाइ प्रचार प्रसार गरि भ्रमण आदान प्रदान गराउने बाताबरणमा महासंघ लगायत होटेल व्यावसायी संघहरु लागि परेर कोरोनाको कहरबाट ब्यवसाय माथी उठाउन पहल गर्ने कुरामा जोड दिइयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt