सैनामैनाका होटल व्यवसायीलाई चितवनमा स्वागत, आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड


भरतपुर/विभिन्न जिल्लाको भ्रमणमा निस्किएको सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहिका भ्रमण टोलीलाई मंगलबार चितवनमा स्वागत गरिएको छ । होटल व्यवसायी महासंघ, होटल व्यवसायी संघ चितवन र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा नारायणगढ स्थित होटल गंगोत्रीमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले सैनामैनाका होटल व्यवसायीलाई आफ्नो क्षेत्रमा स्वागत गर्न पाउँदा खुशि व्यक्त गर्नुभयो । कोरोनाको कारण थलिएको पर्यटन क्षेत्र जुरमुराउन लागेको वर्तमान अवस्थामा फेरि कोरोना संक्रमणको जोखिम वढेसंगै लगानीको सुरक्षा गर्न कठिनाई परेको वताउनु भयो ।
होटल व्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले कोरोना संक्रमणको कारण वैदेशिक पर्यटन ठप्प रहेको वर्तमान अवस्थामा आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने वताउनु भयो । आन्तरिक पर्यटन प्रवद्र्धनले पर्यटन व्यवसाय टिकाउन मद्धत गर्ने वताउँदै उहाले राज्यले पर्यटन क्षेत्रलाई राहतको प्याकेज घोषणा गर्नुपर्ने वताउनु भयो । राज्यले कतिपय क्षेत्रमा पर्यटन व्यवसायीलाई छुट तथा राहतको व्यवस्था गर्ने निर्णण गरेका जनाकारी दिँदै चुकेले व्यवसायीलाई छुट तथा राहत लिन व्यवसायीलाई आह्वन गर्नुभयो ।
चितवनका पर्यटकीय क्षेत्रको वारेमा जानकारी गराउँदै चुकेले पर्यटन प्रवद्र्धनको सावलमा चितवन र रुपन्देहीसंग सहकार्य गर्न तयार रहेको वताउनु भयो । चितवन र रुपन्देही दुवै क्षेत्र पर्यटनका हिसावले निकै महत्वपुर्ण भएको वताउँदै उहाले आगामी दिनमा टुर प्याकेज वनाएर अगाडी वढ्नुपर्ने वताउनु भयो । कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष दिपक पौडेलले पर्यटन प्रवद्र्धनको लागि पर्यटन व्यवसायीका विचमा एकता जरुरी रहेको वताउनु भयो ।


सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष खिमराज पौडेलले आन्तरिक पर्यटन प्रवद्र्धनको लागि अफुहरु भ्रमणमा निस्किएको जानकारी गराउँदै चितवनका पर्यटन व्यवसायीले गरेको स्वागत प्रति धन्यवाद व्यक्त गर्नुभयो । होटल व्यवसायी संघकी निवर्तमान अध्यक्ष शर्मिला न्योपाने, सहकोषाध्यक्ष ऋषिकेश अर्याल, इकाई अध्यक्ष राजु श्रेष्ठलगायतले भ्रमण टोलीका सदस्यहरुलाई खादा लगाएर चितवनको पर्यटन गतिविधि समेटिएको हातेपुस्तक हस्तान्तरण गरि स्वागत गर्नु भएको थियो । कार्यक्रममा भ्रमणटोलीका सदस्यहरु, होटल व्यवासायी महासंघका सल्लाहकार दुर्गाप्रसाद गौतमलगायत होटल व्यवसायी संघ चितवन र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार