वन र वन्यजन्तु संरक्षणको लागि सुरक्षा निकाय र सामुदायिक वनलाई अग्नी निरोधक सामाग्री हस्तान्तरण


भरतपुर/डिभिजन वन कार्यालय चितवनले वन र वन्यजन्तुको संरक्षणको लागि सुरक्षा निकाय र सामुदायिक वनहरुलाई अग्नी निरोधक सामाग्री हस्तानतरण गरेको छ । वन र वन्यजन्तुको संरक्षण गर्न एक आपसमा सूचना आदान प्रदान गरी समन्वय र सहकार्यलाई थप मजवुत वनाएर संरक्षण कार्य सदृढ वनाउने उदेश्यले सो सामाग्री हस्तान्रण गरिएको हो ।
डिभिजन वन कार्यालय चितवनको आयोजनामा जिल्ला स्थित वन तथा वन्यजन्तु चोरी शिकारी नियन्त्रण ईकाइको वैठकको निर्णय अनुसार सुरक्षा निकाय र सामुदायिक वनलाई सो सामाग्री हस्तान्तरण गरिएको कार्यालयका सुचना अधिकारी वालकृष्ण खनालले जानकारी दिनुभयो । वैठकमा जिल्ला प्रशासन कार्यालय चितवन, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, खडग दल गण कसरा चितवन, कालि वहादुर गण भरतपुर चितवन, जिल्ला प्रहरी कार्यालय चितवन, नं १७ गण शसस्त्र प्रहरी वल नेपाल आँपटारी, लगायतका कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
त्यसवाट वन डढेलो नियन्त्रण एंव न्युनिकरणमा प्रभावकारी भूमीका निवार्ह गर्न सकिने विश्वास डिभिजन वन कार्यालयले लिएको छ । सुख्खायाम संगै आउने हावाहुरीका कारण वन जंगल क्षेत्रमा हुने वन डढेलो÷आगलागी रोकथाम नियन्त्रणका लागि जिल्ला स्थित सरोकारवाला निकायहरुको विचमा समन्वय हुनु आवश्यक रहेको खनालले जनाकारी दिनुभयो ।
साथै डिभिजन वन कार्यालय चितवनको संयोजकत्वमा सरोकारवालाहरु संग सहकार्य गर्ने गरी जिल्ला संजाल गठनको लागि फोकल पर्सन (नाम, मोवाईल नं समेत) उपलव्ध गराउने र गठीत संजाललाई परिचालन गराउने गरी डिभिजन वन कर्यालय चितवनका सूचना अधिकारी सहायक वन अधिकृत बालकृष्ण खनाल लाई तोक्ने, वन डढेलो सम्वन्धी सामाग्रीको प्रकाशन, वितरण, सूचना प्रवाह साथै सव डिभिजन लेभलमा वन डढेलो नियन्त्रण संजाल गठन गरी परिचालन गर्ने निणर्य समेत भएको वन कर्यालयले जनाएको छ ।
साथै प्रमूख जिल्ला अधिकारी प्रेम लाल लामिछानेको अध्यक्षतामा जिल्ला स्थित सरोकारवाला सुरक्षा निकायहरु (नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान) डिभिजन वन कार्यालय समेतका प्रतिनिधिहरुको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा सम्पन्न चौमासिक वन सुरक्षा बैठकले वन, वन्यजन्तु संरक्षणको लागि वितरण गरिएका अग्नी निरोधक सामाग्री तथा दमकलहरुलाई दुरुस्त हालतमा राखि सम्पूर्ण सुरक्षा निकाय, डिभिजन वन कार्यालय र मातहतका सव डिभिजन वन कार्यालय तथा सामुदायिक वनहरु, कबुलियती वनहरु अन्य सरोकारवाला स्थानीय यूवा क्लब, आमा समूह लगायतलाई परिचालित गरी वन डढेलो नियन्त्रणको काम प्रभावकारी वनाउने निर्णय भएको डिभिजन वन कर्यालय चितवनका सुचना अधिकारी खनालले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार