• इक्यान चितवनको स्वागत तथा अन्तरक्रिया सम्पन्न


    भरतपुर/शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) चितवन शाखाको आयोजनामा बुधवार भरतपुरमा स्वागत तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । ईक्यान चितवनले एक कार्यक्रमका विच अष्ट्रिेलियाका लागि नेपाली राजदुत महेश दाहाललाई स्वागत संगै अन्तरक्रिया गरेको हो ।
    कार्यक्रममा वोल्दै इक्यान चितवनका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष हिम्मत पुरीले इक्यान चितवनको गतिविधको वारेमा जानकारी दिँदै चितवनका शैक्षिक परामर्श व्यवसायीको अवस्थाको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी राजदुत दाहालले अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको अवस्थाको वारेमा जानकारी गराउनु भएको थियो । अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको प्रमुख गन्तव्य मुलुक भएको जानकारी दिँदै उहाले हाल अष्ट्रेलियामा ६० हजार नेपाली विद्यार्थी अध्यायनरत रहेको वताउनु भयो ।


    कार्यक्रमका विशेष अतिथी आइरिको अध्यक्ष द्धिराज शर्माले विश्वभर फैलिएको कोरोनाको कारण पर्यटन क्षेत्र जस्तै शैक्षिक परामर्शदाता सस्थाहरु पनि वढि प्रभावित भएको वताउनु भयो । शैक्षिक परामर्शदाता व्यवसाय मर्यादित र व्यवसायीक हुन जरुरी रहेको वताउँदै उहाले यस पेशालाई इज्जतदार पेशाको रुपमा विकास गर्नुपर्ने वताउनु भयो । इक्यान चितवनका सचिव हरि सिग्देलले संचालन गर्नु भएको उक्त कार्यक्रममा इक्यान चितवनका उपाध्यक्ष समुन्द्र अर्याल, कोषाध्यक्ष दिपकचन्द्र भट्टराई लगायत पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt