लायन्स क्लव अफ नारायणी सेन्ट्रलको अध्ययक्षमा शर्मा


भरतपुर/लायन्स क्लव अफ नारायणी सेन्ट्रलको अध्ययक्षमा राम प्रसाद शर्मा“ रमेश“ चयन भएका छन् । शनिवार सम्पन्न क्लवको बार्षिक साधारण सभाले शर्माको नेतृत्वमा लायन्स बर्ष २०२१/२२ को लागी २७ सदस्यीय कायसमिति गठन गरेको हो । क्लवको प्रथम उपाध्ययक्षमा अनन्त राज अधिकारी, द्वितीय उपाध्यमा लाल बहादुर भण्डारी, तृतीय उपाध्ययक्षमा अशोक आचार्य, सचिवमा शिव राज पौड्याल “अल्पभाषी“ तथा कोषाध्यक्षमा मान बहादुर अधिकारी चयन भएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्ययक्ष शर्माले विगत १२ बर्ष देखि विशुद्ध सामाजिक क्षेत्रमा क्रियाशिल एस क्लवले अब सडक वालवालिका र वाल शिक्षाको क्षेत्रमा विशेष प्याकेज नै बनाएर सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । शर्मा ग्लोवल कलेज अफ होटल म्यानेजमेन्ट तथा हवाईट हाउस एजुकेशन कन्सल्टेन्सिका प्रमुख कार्यकारी निर्देशक समेत हुन ।
कार्यक्रममा क्लवका पुर्व अध्यक्ष सुजन थापा क्षेत्री, निवर्तमान अध्यक्ष कृष्ण लामा लगायतले नव निर्वाचित कार्यसमिति लाई बधाई तथा शुभकामना प्रकट गर्नुभएको थियो । लायन्स क्लव अफ नारायणी सेन्ट्रलले विगत १२ बर्ष देखि नवलपरासीको पीठौली अन्तरगत लौगाई क्षेत्रमा अवस्थित माझी, मुसहर र वोटे समुदायको पूर्नउत्थानको लागि सामाजिक सेवा गर्दै आईरहेको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार