• काँग्रेस सभापति देउवाद्धारा लक्की मिडिया हाउसको भित्तेपात्रो विमोचन


    भरतपुर/भरतपुर स्थित लक्की मिडिया हाउस चितवनले प्रकाशन गरेको नयाँ वर्ष २०७८ को भित्तेपात्रो विमोचन गरिएको छ । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमकाबीच काठमाडौंमा भित्तेपात्रोको विमोचन गर्नुभएको हो । विमोचनपछि बोल्दै देउवाले देशको सबै क्षेत्रमा मिडियाको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । मिडिया हाउसले कोरोनाको विषम परिस्थितिमा पनि सामाजिक उत्तरदायित्व बहन गर्न विचलित नभएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
    मिडिया हाउसले पत्रकारिताको धर्म निर्वाहको साथसाथै समाजका लागि बहुआयामिक काम गरेकोमा लक्की मिडीया हाउसको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । सो अवसरमा बोल्दै बिशिष्ट अतिथि प्रदेश सांसद मिलनबाबु श्रेष्ठले लक्की मिडिया हाउसले मोफसलमा रहेर नागरिकलाई सुसुचित गर्दै निरन्तर भित्तेपात्रो प्रकाशन गर्दै आएकोमा प्रशंसा गर्नुभयो । आगामी दिनमा पनि मिडिया हाउसले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै थप उचाई प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
    मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले कोरोनाका कारण हरेक क्षेत्र तहसनहस भएसँगै मिडिया क्षेत्र पनि यसबाट अछुतो नरहेको बताउनुभयो । यस्तो महामारीको समयमा पनि मिडिया हाउसले नागरिकको सुसुचित हुने अधिकारलाई शिरोपर गर्दै कर्तव्यपथबाट विचलित नभएको उहाँले बताउनुभयो । कार्यक्रममा कलाकार, नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण रामजी कुँवरले गर्नुभएको थियो ।
    स्थानीयदेखि राष्ट्रिय स्तरका सबै मिडिया सेवा प्रदान गर्दै आएको लक्की मिडिया हाउसले विभिन्न कार्यक्रमहरुको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ । नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो, च्यारीटी शो, एकल साँझ, विभिन्न सांगितिक कार्यक्रम र अवाड लगायत अन्य कार्यक्रमहरु गर्दै आएको छ । मिडिया हाउसद्धारा हाल चितवन खबर अर्ध साप्ताहिक र ईचितवन खबर डट कम सञ्चालनमा छन ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt