• आरएचएम रिटन सम्पर्क समाज गठन


    भरतपुर/साउदी अरवको पाईप कम्पनी राजा हेण्डल अल्मारी एण्ड सन्स (आरएचएम)मा काम गरि नेपाल फर्किका नेपाली युवाहरुको भेलाले आरएचएम रिटन सम्पर्क समाज गठन गरेको छ । विभिन्न समयमा रोजगारीको सिलसिलामा साउदी अरवको आरएचएम कम्पनीमा काम गरेर फर्किका नेपाली युवाहरुलाई गोलवन्द गर्ने उदेश्यले उक्त समिति गठन गरिएको हो ।
    वुटवलमा सम्पन्न भेलाले रामप्रसाद पाण्डेको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा दिपक सुवेदी, महासचिवमा दिपक ढकाल, सचिवमा जिवलाल न्यौपाने, कोषाध्यक्षमा वीरेन्द्र ढकाल, सहकोषाध्यक्षमा विष्णु पुरी, सदस्यहरुमा सुन्दर लामा, भेषवहादुर नेपाली, टेकनाथ त्रिपाठी, एम पल्लि, कालुराम अर्याल रहनु भएको छ ।
    उक्त कम्पनीमा काम गरि हाल नेपाल तथा अन्य देशमा रहेका मानिसहरुलाई संगठित गर्ने, आत्मियता एवं निकटता वढाउने र नेपालमै पनि रोजगारीको अवसर सृजना गर्ने उदेश्यले उक्त समिति गठन गरिएको समितिका महासचिव दिपक ढकालले जानकारी दिनुभयो ।
    यसैगरी भेलाले अमेरिका संयोजकमा प्रकाश वोहोरा, सहसंयोजकमा जनक शाह चयन गरेको छ । साउदी अरव संयोजकमा सिपि खनाल, दुवई संयोजकमा अमर क्षेत्री, जापान संयोजकमा केशव खड्का, कतार संयोजकमा वलवहादुर रोकाय, यसैगरी जिल्ला अन्तरगत दाङ संयोजकमा हरि प्रसाद शर्मा, म्याग्दी संयोजकमा डिल्लिराज पौडेल सहसंयोजकमा राजु आचार्य चयन हुनु भएको छ ।
    यसैगरी नवलपरासी संयोजकमा यम तामाङ, तेह्रथुम संयोजकमा योगेन्द्र कार्की, वाग्लुङ संयोजकमा हिरा मल्ल, इटहरी संयोजकमा देविप्रसाद ढकाल, झापा संयोजकमा सुवास राई चयन हुनु भएको छ । भेलाले वैदेशिक रोजगारीबाट फर्किएका (पुर्व आरएचएम)सवै साथीहरुलाई समेटेर संयुक्त व्यवसाय गर्ने, रोजगार विहिन भएकालाई रोजगारी दिने उदेश्यले समिति गठन गरिएको जानकारी दिँदै महासचिव ढकालले आरएचएममा काम गरि फर्किएका नेपालमा ८ सय भन्दा वढि मानिसहरु रहेको वताउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt