माध्यमिक विद्यालय गंगानगरमा अक्षयकोष स्थापना


भरतपुर/भरतपुर महानगरपालिका वडा नम्बर १३ निबासी स्वर्गीय टिकाराम आचार्यको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । २०७६ साल चैत्र ८ गते त्रयोदशी तिथिका दिन स्वर्गारोहण हुनु भएका आचार्यको स्मृतिमा शुक्रवार भरतपुर १३ स्थित श्री माध्यमिक विद्यालय गंगानगरमा अक्षयकोष स्थापना गरिएको हो ।
मृत आन्त्माको शान्तिको कामना गर्दै वार्षिक पुण्यतिथीको अवसरमा शुक्रवार परिवारका तर्फवाट ५० हजार १ सय ५१ रुपैयाँको अक्षयकोष स्थापना गरिएको स्वर्गीय आचार्यका ज्वाई सुदिप भट्टले जानकारी दिनुभयो । आचार्य परिवारले एक औपचारिक कार्यक्रमका विच उक्त अक्षयकोषको रकम विद्यालयका अध्यक्ष सुदिप सुवेदीलाई हस्तान्तरण गरेको हो । उक्त अक्षयकोषले श्री माद्यामिक बिद्यालय गंगानगरको शैक्षिक बिकासमा योगदान गर्ने आचार्य परिवारले विश्वास लिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदीले उक्त अक्षयकोष विद्यालयमा अध्यायनरत गरिव, जेहनदार विद्यार्थीहरुको शैक्षिक गुणस्तर विकासमा खर्च गरिने जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार