• रेडक्रस चितवन शाखाको सधारणसभा सम्पन्न


    भरतपुर/नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनको ४९ औं जिल्ला वार्षिक साधारणसभा शनिबार नारायणगढमा सम्पन्न भएको छ । कार्यक्रममा वोल्ने वक्ताहरुले रक्तदानको महत्वको वारेमा चर्चा गरेका थिए । रगत अभावको कारण अकालमा ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिन रक्तदान कार्यक्रमलाई जोड दिनु पर्ने उनिहरुको भनाई थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यासमितिका महामन्त्री पिताम्वर अर्यालले समय समयमा रक्तदान गर्नु स्वास्थ्यको हिसावले पनि राम्रो हुने वताउनु भयो ।
    रगत वनाउन नमिल्ने वस्तु भएको हुँदा रतग अभावले अकालमा ज्यान गुमाउने अवस्था आउन नदिन रगत अत्यावस्यक हुने वताउनु भयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति विदुर केसीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
    उपकोषाध्यक्ष सिर्जना अधिकारीले रेडक्रसका सात आधारभुत सिद्धान्त पाठ गर्नु भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका सभापति न्यौपानेले सभापतिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यसैगरी नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका मन्त्री हरिप्रसाद पौडेलले शाखाको वार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष विजय खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt