• जनउत्थान लधुवित्तद्धारा वार्षिकोत्सवको अवसरमा वासिङ मेसिन हस्तान्तरण


    भरतपुर/वित्तीय क्षेत्रमा लोकप्रिय जनउत्थान सामुदायिक लधुवित्त वित्तीय सस्था लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसरमा सहयोग सामाग्री (वासिङ मेसिन) हस्तान्तरण गरेको छ । रुपन्देहिमा मुख्य कार्यालय रहेको उक्त सस्थाले अफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा भरतपुर ११ स्थित मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई वासिङ मेसिन हस्तान्तरण गरेको हो ।
    सो कार्यक्रममा वोल्दै प्रमुख अतिथी प्रतिनिधिसभा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले मुलुकले कानुन र नीति निर्माणको काम सकेर आर्थिक समृद्धिको वाटोमा अगाडी वढेको वताउनु भयो । पछिल्लो समय नेपाली राजनीति र कम्युनिष्ट आन्दोलनमा केहि समस्या देखिए पनि यो समस्या छिट्टै हल हुने उहाको भनाई थियो ।
    असहाय वालिकाको संरक्षणमा जुटेको मञ्जुश्री असहाय संरक्षण केन्द्रले समाज परिवर्तनमा उल्लेख्य भूमिका खेलेको वताउँदै उहाले केन्द्रलाई आफ्नो ठाउँवाट सक्दो सहयोग गर्न तयार रहेको वताउनु भयो । कार्यक्रमा वोल्दै विशेष अतिथी एवं वाग्मती प्रदेशका प्रमुख सचिव डा. मानवहादुर विकेले समुदायको चेतनास्तर संगै आर्थिक हैसियत वृद्धि गर्न उक्त वित्तीय सस्थाको स्थापना गरिएको वताउनु भयो ।
    उक्त सस्थाले १९ जिल्लामा ४० वटा शाखामार्फत ५० हजारभन्दा वढि परिवारलाई सेवा दिएको र सस्थामा करिव ३ सयको हाराहारीमा कर्मचारीले प्रत्यक्ष रोजगारी पाएको वताउँदै सस्थापक अध्यक्ष समेत रहनु भएका विकेले सस्थाको वार्षिकोत्सवको अवसरमा सहयोग गरिएको वासिङ मेसिनले असहाय वालवालिकाको संरक्षणमा सहयोग पु¥याउने वताउनु भयो ।
    कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. ११ का अध्यक्ष वावुराम अधिकारी, जनउत्थान सामुदायिक लधुवित्त वित्तीय सस्थाका निवर्तमान अध्यक्ष यमवहादुर विके, सस्थाका संचालक गोकर्ण कार्की, नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष एवं सुनचाँदी साकोसका अध्यक्ष विपिन रामुदामु, गणेशधाम विकास समितिका महासचिव रविन्द्र वरालीलगायतले वोल्नु भएको थियो ।
    सस्था संचालक नरेन्द्र कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम मंगलपुर शाखा प्रमुख गोकुल पाण्डेले संचालन गर्नु भएको थियो । हाम्रो अभियान स्वाधिन अर्थतन्त्रका लागि समावेसी वित्तीय प्रणालीको निर्माण भन्ने मुल नारा सहित सस्थाले आर्थिक संगै समाजिक काम गर्दै आएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt