• होटल संघको क्यालेण्डर विमोचन र शुभकामना आदानप्रदान


    भरतपुर/होटल व्यवसायी संघ–चितवनको आयोजनामा आइतबार क्यालेण्डर विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । संघले प्रकाशन गरेको वि.सं. २०७८ को क्यालेण्डर आइतबार एक कार्यक्रमका विच विमोचन गरिएको हो । भरतपुर स्थित होटल जमघटमा भएको कार्यक्रमका प्रमुख अतिथी होटल व्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले कोभिडका कारण पर्यटन क्षेत्र सवैभन्दा वढि प्रभावित भएको वताउँदै राज्यले राहतका प्याकेज ल्याउनु पर्नेमा जोड दिनु भयो ।
    राज्यले होटल व्यवसायीलाई व्याजदर छुट गरे पनि वैकहरुले व्याजदर छुट गर्न आनाकानी गरेको वताउँदै पाएको अधिकार लढेर लिनुपर्ने वताउनु भयो । व्याज छुटको अवसर लिन चाहाने होटल व्यवसायीलाई महासंघमा सम्पर्क गर्न आग्रह गर्दै वरिष्ठ उपाध्यक्ष चुकेले व्यवसायीको हकहितको लागि महासंघ सधै क्रियाशिल रहने वताउनुभयो । व्यवसायीहरुका विचमा एकता आवश्यक रहेको वताउँदै उहाले चितवनमा क्रियाशिल दुईवटा होटल संघका विचमा एकताको प्रयास भईरहेको वताउँदै सम्पुर्ण होटल व्यवसायको लक्ष एउटै भएको हुँदा मिल्नुको विकल्प नभएको वताउनु भयो ।


    कार्यक्रममा वोल्दै विशेष अतिथी उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष एवं वस्तुगत संघका संयोजक ई. भोजराज कौडालले होटल व्यवसायीका समस्या समाधान गर्न उद्योग वाणिज्य संघ सदैव तयार रहेको वताउनु भयो । होटल व्यवसायलाई व्यवस्थित र मर्यादित वनाउन् पनि उत्तिकै आवश्यकता रहेको वताउँदै उहाले उद्योग वाणिज्य संघले चितवनका व्यवसायीको समस्याको वारेमा महासंघ र राष्ट्रवैकको ध्यानकर्षण गराएको वताउनु भयो ।
    होटल व्यवसायी संघ चितवनका सस्थापक अध्यक्ष आइतबार सुभाष प्रधानले होटल तथा रेष्टुरेन्ट अनुगमनको क्रममा भिडियाले अनावश्यक प्रचार गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो । राज्यले दिएको सेवा सुविधा पनि पहुँच नभएकाले पाउन नसकेको वताउँदै उहाले कोभिडको त्रास झनै वढ्दै गएकोले व्यवसायी सचेत हुन आवश्यक रहेको वताउनु भयो । अर्का सस्थापक अध्यक्ष जिवलाल सापकोटाले कोभिडका कारण थला परेको व्यवसाय भर्खर उठ्न खोजेको अवस्थामा फेरि कोभिडको संक्रमण वढ्नु दुखद भएको वताउँदै व्यवसायीको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।
    कार्यक्रममा होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष इमान्दु वराल, निवर्तमान अध्यक्ष शर्मिला न्यौपाने, पुर्व अध्यक्ष एवं सल्लाहकार संयोजक कमल शर्मा गौतम, होटल व्यवसायी संघ चितवनका सचिवालय सदस्य तथा इकाई संयोजक कृष्ण महतोलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम संघका महासचिव गोपाल श्रेष्ठले संचालन गर्नु भएको थियो भने उपाध्यक्ष केशव हडखोलेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt