• होटल संघको मुग्लिन इकाई कार्यालय उद्घाटन


    भरतपुर/जिल्ला स्थित होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवन अन्तरगत मुग्लिन ईकाईको कार्यालय बिहीबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । मुग्लिन, कुरिनटार लगायतका क्षेत्रका होटल व्यवसायीहरुको सक्रिय सहभागितामा कार्यक्रमका प्रमुख अतिथी इच्छाकामना गाउँपालिकाका अध्यक्ष गिता कुमारी गुरुङले इकाई कार्यालयको उद्घाटन गर्नु भएको हो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी गुरुङले पर्यटन विना मुलुकमा आर्थिक समृद्धि असम्भव रहेको वताउँदै पर्यटन प्रवर्दनमा जोड दिनुपर्ने वताउनु भयो ।
    विश्वभर फैलिएको कोरोना संक्रमणको कारण मुलुकको पर्यटन क्षेत्र तहसनहस हुन पुगेको वताउँदै उहाले वाह्य पर्यटन ठप्प रहेको अवस्थामा आन्तरिक पर्यटनले मुलुकलाई आर्थिक रुपमा चलायमान वनाउनु पर्ने धारणा राख्नुभयो । पर्यटन प्रवद्र्धनको लागि होटल व्यवसायीको भूमिका महत्वपुर्ण हुने वताउँदै प्रमुख अतिथी गुरुङले सफा, शुद्ध र गुणस्तरीय खाद्यवस्तुमा ध्यान दिनुपर्ने वताउनु भयो ।
    कार्यक्रममा वोल्दै विशेष अतिथी होटल व्यवासायी महासंघका उपाध्यक्ष एवं होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष इमान्दु वरालले होटल व्यवसायीलाई मर्यादित र व्यवस्थित गर्नसके राज्यले हेर्ने दृष्टिकोण परिवर्तन हुने वताउनु भयो । कोरोनाले थला परेको होटल व्यवसायलाई राज्यले राहतको प्याकेज ल्याउनु पर्ने वताउनु भयो । कार्यक्रमका विशेष अतिथी एवं होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठले होटल व्यवसायलाई टिकाउन आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
    नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान समेत गरिएको कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि सावित्री पुडासैनी खनाल, नेकपा एमालेका प्रतिनिधि कृष्ण सिलवाल, एडिविका कार्यक्रम संयोजक दिपक वोहोरा लगायतले वोल्नु भएको कार्यक्रम होटल व्यवसायी संघ चितवनका उपाध्यक्ष केशव हडखोलेले संचालन गर्नु भएको थियो । पहिले अन्यत्र होटल नखुल्दा मुग्लिन राम्रो खाना पाउने ठाउँको रुपमा परिचित रहेको स्मरण गर्दै त्यो विरासत फर्काएर मुग्लिनलाई मुग्लिन जस्तो वनाउन जोड दिनुपर्ने वत्ताहरुको भनाई थियो ।
    कार्यक्रमा होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष डासिराम ढकाल, निवर्तमान अध्यक्ष शर्मिला न्यौपाने, इच्छाकामना कार्यपालिका सदस्य निर्मला श्रेष्ठ, होटल व्यवसायी संघ चितवनका उपाध्यक्ष लोकनाथ भट्ट (कृष्ण), थानेश्वर सापकोटा, सचिव राम बहादुर गुरुङ, सचिवालय सदस्य कृष्ण कुमार महतो, गोमा सापकोटा, कार्यसमिति सदस्य नवराज मरहट्टा, विकास गुरुङ, अर्जुन लामिछानेलगायतको सहभागिता रहेको थियो । सो अवसरमा होटल व्यवसायी संघ चितवनका पुर्व वरिष्ठ उपाध्यक्ष एवं वर्तमान सल्लाहकार दल बहादुर वुढाथोकी, पुर्व जिल्ला कार्यसमिति सदस्य तेज बहादुर सेरचन, मुग्लिन ईकाईका सस्थापक अध्यक्ष नारायण प्रसाद पाण्डेलाई सम्मान गरिएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt