• चितवनमा हस्पिटालिटी म्यानेजमेन्ट तालिम सुरु

    भरतपुर/होटल व्यवसायी महासंघ नेपाल र नेपाल पर्यटन वोर्डको संयुक्त आयोजनामा शुक्रवारवाट नारायणगढमा दुई दिने हस्पिटालिटी म्यानेजमेन्ट तालिम सुरु भएको छ । उक्त तालिम काठमाण्डौ उपत्यका बाहिर होटल गङ्गगोत्री प्रा.लि, पुल्चोक, नारायणगढ, चितवनमा सञ्चालन भएको छ । तालिमको समुद्घघाटन समारोहको सभाध्यक्षता होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले गर्नु भएको थियो भने कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मी प्रमुख अतिथी रहनु भएको थियो ।
    कार्यक्रममा वोल्दै प्रमुख अतिथी रेग्मीले हिजोको दिन सम्म ठूला होटलहरुलाई मात्र समेटी अगाडि बढीरहेकोमा हाल नेपालको परिवेश अनुसार साना तथा मझौला हजारौँ होटल व्यवसायीहरुलाई समेट्दै अगाडि बढीरहँदा खुसी लागेको र होटल व्यवसायी महासंघ नेपाल अन्तर्गतका होटलहरुले दिईरहेको सेवा, सुविधा अत्यन्तै सहहनीय रहेको बताउनुभयो । उहाँले आवश्यकता अनुसार सात वटै प्रदेशहरुमा तालिम सञ्चालन गर्न नेपाल पर्यटन बोर्ड सकारात्मक रहेको बताउनु भयो ।
    त्यस्तै समारोहमा बोल्नु हुँदै भरतपुर महानगरपालिकाका उप मेयर पार्वती शाह ठकुरीले होटल व्यवसायी महासंघ नेपालले ल्याएको प्रस्तावलाई भरतपुर महानगरपालिकाले सदैव साथ दिईरहेको तथा यस महानगरपालिकालाई पर्यटकीय महानगरपालिका बनाउन लागि परेको बताउनु भयो । यसैगरी उधोग संघ चितवनका अध्यक्ष राजु पौडेल ज्यूले उद्योग संघ चितवनले ६० हजार वर्ग फिटमा एक्जिवेसन सेन्टर निर्माण गरेको र यसमा व्यवसायीहरुले विभिन्न किसिमका प्रदर्शनी, फेस्टीवलहरु गरी पर्यटन प्रवद्र्घन गर्न सक्ने उल्लेख गर्दै आफूहरु सहयोगको निमित्त तयार रहेको बताउनु भयो ।
    होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले स्वस्थ र व्यवस्थित व्यवसायहरु सञ्चालन गरी पर्यटन प्रवद्र्घन गर्नका निमित्त महासंघले विभिन्न सरकारी निकायहरुसँग समन्वय गरीसकेको र भोलिका दिनहरुमा महासंघले व्यवसायीहरुको हक हितको लागि सकारात्मक कदम चाल्ने प्रतिवद्घता जाहेर गर्नुभयो र अन्तमा उपस्थित सम्पूर्णलाई धन्यवाद दिनुहुँदै कार्यक्रमको समापन गर्नुभयो ।
    कार्यक्रममा महासंघको तर्फबाट स्वागत मन्तव्य राख्नुहँुदै महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले महासंघले कोभिड —१९ को कारण सिर्जना भएको विषम परिस्थितिमा समेत महासंघको गरिमा उँचो बनाउन क्वारेन्टाईन व्यवस्थापन कार्यमा अग्रसरता देखाएको र व्यवसायीहरुको पिर मर्का र समस्याका बारेमा आवाज उठाउँदै नेपाल सरकारका विभिन्न निकायसँग सहकार्य गरिएको बताउनु भयो । कार्यक्रमको सञ्चालन महासंघका सचिव तथा यस तालिमको कोअर्डिनेटर तुल्सीराम भण्डारी(शंकर)ले गर्नु भएको छ ।
    कार्यक्रममा महासंघका उपाध्यक्ष ईमान्दु बराल, प्रशासन सचिव दीर्गमान गुरुङ्ग (नारायण), सह कोषाध्यक्ष मोदनाथ बेलवासे , केन्द्रीय सदस्य लक्ष्मी कार्की, सल्लाहकार प्रेम वञ्जाडे, सल्लाहकार राम प्रसाद सुवेदी, नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरे, नेपाल चेम्बर अफ कमर्शका निर्मला पण्डित, भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा. विश्वराज सुवेदी, पत्रकार महासंघ नेपालका कोषाध्यक्ष श्री राजेन्द्र आचार्य, पर्यटन पत्रकार मञ्चका अध्यक्ष सुर्य प्रकाश कँडेललगायतको सहभागिता रहेको थियो ।
    तालिममा विशेष गरेर नवलपुर होटल व्यवसायी संघका प्रतिनिधिहरु, मकवानपुर होटल एसोसियसनका प्रतिनिधिहरु, मुकुन्दसेन मौलाकाली होटल व्यवसायी संघका प्रतिनिधिहरु, होटल व्यवसायी संघ चितवनका प्रतिनिधिहरु, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका प्रतिनिधिहरु प्रशिक्षार्थीको रुपमा सहभागिता रहेको छ । यसैविच, समुद्घाटन समारोह सुरु हुनु अघि महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक रेग्मी लगायतको टिमलाई गणेशधाम, देवघाट तथा नारायणी नदी किनार अवलोकन भ्रमण गराउनु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt