• दुईदिने हस्पिटालिटी म्यानेजमेन्ट तालिम सकियो, व्यवसायीक विकासको लागि एकजुट हुन महानगर प्रमुख दाहालको आग्रह


    भरतपुर/होटल व्यवसायी महासंघ नेपाल र नेपाल पर्यटन वोर्डको संयुक्त आयोजनामा चितवनमा संचालित दुई दिने हस्पिटालिटी म्यानेजमेन्ट तालिम सकिएको छ । काठमाण्डौ उपत्यका बाहिर चितवन पुल्चोक स्थित होटल गंगोत्री प्रा.लिमा संचालित उक्त तालिम शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो । होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेको आध्यक्षतामा सम्पन्न समापन समारोहमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल प्रमुख अतिथी रहनु भएको थियो ।
    कार्यक्रमा वोल्दै प्रमुख अतिथी दाहालले सम्पूर्ण होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई व्यवसायीहरुको अधिकार र व्यवसायीक विकासको लागि एकजुट भई अघि बढ्न आग्रह गर्नु भयो । साथै भरतपुर महानगरपालिका भित्र रहेका सम्पूर्ण होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई भरतपुर महानगरपालिका भित्र पर्यटन प्रवद्र्धनका लागि विशेष भूमिका खेल्न आग्रह गर्दै भरतपुर महानगरपालिकामा गर्नुपर्ने पर्यटन प्रवद्र्धनका लागि आफू सँधै अगाडी बढ्ने उद्घोष गर्नुभयो । नारायणी नदी किनार देखि शिवघाटसम्म विशेष पर्यटकीय हब बनाउनका लागि गुरुयोजना निर्माण गरी सरकारी स्तरमा अगाडि बढाएको र उक्त योजना वैदेशिक दातृ निकायको सहयोगमा निर्माण गरी ३० बर्षको लागि दातृ निकायलाई नै जिम्मा दिने र त्यसपछि भरतपुर महानगरपालिकाले नै जिम्मा लिने गरी काम अगाडी वढेको जानकारी दिनुभयो ।
    खेलकुद क्षेत्रवाट समेत आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनलाई विशेष टेवा पुग्ने वताउँदै उहाले पर्यटन प्रवद्र्धनको लागि भरतपुर महानगरपालिकाको सम्पूर्ण साथ सहयोग रहने प्रतिवद्धता जनाउनु भयो । साथै होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघको साधारणसभा यदि चितवनमा हुने भएको खण्डमा आफू तथा भरतपुर महानगरपालिकाको सम्पूर्ण साथ तथा सहयोग रहने समेत उहाको भनाई थियो ।
    यसैगरी कार्यक्रमका विशेष अतिथी प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले चितवनमा रहेका सम्पूर्ण होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई सम्बोधन गर्दै होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुका सम्पूर्ण जायज समस्याहरुलाई समाधान गर्न सरकारी स्तरबाट नै विशेष पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । होटल तथा रेष्टुरेन्ट व्यवसायीहरु सँग मिली व्यवसायीका समस्या समाधानका उपायहरु खोजिने जनाकारी दिँदै उहाले होटल व्यवसायमा आईपर्ने प्रशासनिक जटिलताहरुको लागि पनि प्रशासनको तर्फबाट गर्न सकिने सम्पूर्ण सहयोग गर्ने वताउनु भयो ।
    कार्यक्रममा सम्पुर्ण अतिथीहरुलाई स्वागत गर्दै होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले कोभिड १९ का कारण सिर्जना भएको असहज परिस्थितीमा विभिन्न मागहरु सरकार समक्ष राखिसकिएको हुनाले सरकार तथा सरकारका विभिन्न निकायहरुले व्यवसायीहरुको समस्यालाई सहजिकरण गर्नेतर्फ लाग्नुपर्ने वताउनु भयो । त्यसैगरि कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले जिल्लामा पुर्वाधार निर्माण तथा पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको लगानीले महत्वपुर्ण भूमिका खेलेको र निकट भविश्यमै पर्यटन क्षेत्रले काँचुली फेर्नेमा आफु विश्वस्त रहेको वताउनु भयो ।
    महासंघका प्रशासन सचिव दीर्गमान गुरुङ्ग (नारायण)ले संचालन गर्नु भएको कार्यक्रममा महासंघका उपाध्यक्ष ईमान्दु बरालले धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन गर्नु भएको थियो । समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथी दाहालले तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो भने महासंघको तर्फवाट वरिष्ठ उपाध्यक्ष चुकेले प्रमुख अतिथी, विशेष अतिथी र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरेलाई मायाँको चिनो हस्तान्तरण गर्नु भएको थियो । तालिममा ४ जिल्लाका ५३ जना होटल व्यवसायीहरुको सहभागिता रहेको थियो । तालिममा सहभागी प्रशिक्षार्थीहरुले तालिममा सहभागिता जनाउने अवसर पाएकोमा खुसि व्यक्त गर्दै तालिमले व्यवसाय प्रवद्र्धनको लागि फलदायी भएको प्रतिक्रिया दिएका थिए ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt