• पर्यटनमन्त्री ढकालद्धारा गणेशधाम अवलोकन


    भरतपुर/सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले भरतपुर ११ स्थित गणेशधामको अवलोकन गर्नु भएको छ । माडीस्थित अयोध्यापुरीमा राम–सीताको मुर्ती प्रतिस्थापन गर्ने कार्यक्रमका लागि चितवन आउनु भएका मन्त्री ढकालले मंगलबार जिल्लाकै महत्वपुर्ण पर्यटकीय गन्तव्यको रुपमा स्थापित गणेशधामको अवलोकन गर्नु भएको हो । गणेशधाको अवलोकन गर्दै मन्त्री ढकालले निर्माणाधिन रहेको गणेशधाममा सरकारको तर्फवाट पनि सक्दो सहयोग गर्ने वताउनु भयो ।
    गणेशधाम स्थित निर्माणाधिन कैलाश पर्वतसमेत चढ्नु भएका मन्त्री ढकालले कैलाश पर्वत नयाँ कन्सेप्ट भएको हुँदा यसले गणेशधामकै गरिमा वढाएको धारणा व्यक्त गर्नु भयो । कैलाश पर्वत अवलोकनको क्रममा अनौपचाकि कुरा गर्दै मन्त्री ढकालले गणेशधामलाई हरियालीपुर्ण वनाउनु आवश्यक रहेको वताउनु भयो । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य कृष्णभक्त पोखरेल, वाग्मती प्रदेशका सांसद विजय सुवेदी, कृष्ण भुर्तेल, गणेशधाम संरक्षण समितिका महासचिव रविन्द्र वराललगायतको सहभागिता रहेको थियो ।
    कार्यक्रममा गणेशधाम संरक्षण समितिका अध्यक्ष दिनेश कुमार चुकेले गणेशधामको अवस्था र महत्वको वारेमा जानकारी गराउनु भएको थियो । करिव ४४ विघा क्षेत्रफलमा फैलिएको गणेशधाम निर्माण सम्पन्न गर्नको लागि करिव ८० करोड रुपैयाँ खर्च लाग्ने जानकारी दिँदै उहाले सरकारी क्षेत्रवाट सहयोगको अपेक्षा गर्नु भयो ।
    गणेशधाममा तलाउ, कैलाश पर्वत, जनविनायक, पञ्चमुखी गणेश, सीमानामा पर्खाल लगाउने कामले तिव्रता पाएको वताउनु भयो । गणशधाम निर्माणको लागि आयोजना गरिएको धनधान्यान्चल ज्ञानमहायज्ञमा १० करोड रुपैयमा वोलकवोल भए पनि हालसम्म दुई करोड ५० लाख रुपैमा मात्रै उठेको जानकारी दिँदै अध्यक्ष चुकेले गणेशधाममा करिव ७ करोडको काम भईसकेको वताउनु भयो । यसैविच गणेशधाम संरक्षण समितिका अध्यक्ष दिनेश चुकेले चैते दशैंको दिन मंगलबार गणेशधाममा पुजा गर्नु भएको छ । चुके परिवारको तर्फवाट गणेशधाम स्थित चण्डेश्वरीथान मन्दिरमा पुजाआजा गरिएको हो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt