• रामेश्वर पुस्तकालयमा कविता वाचन र अन्तरक्रिया


    भरतपुर/अन्तरास्ट्रिय पुस्तक दिवस तथा प्रतिलिपी अधिकार दिवसका अवसरमा शुक्रबार रामेश्वर पुस्तकालयमा कविता वाचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पुस्तकालयका श्रेयस्कर सदस्य साहित्यकार गायत्री श्रेष्ठको विशेष आतिथ्यमा आयोजित कार्यक्रममा साहित्यकारहरू केदारनाथ खनाल, डिआर पोखरेल, उदय अधिकारी, भूपिन, सरला जोशी, रमा वाग्ले, अर्जुनसिंह मडै, कमल कंडेल प्रकृति, गायत्री अश्रु, अञ्जना शर्मा, विन्दु वस्ती लगायतले रचना वाचन गर्नु भएको थियोे । पुस्तकालयका सचिव विष्णुप्रसाद वाग्लेको संयोजनमा सम्पन्न कार्यक्रम अध्यक्ष बालकृष्ण थपलियाको अध्यक्षता सम्पन्न भएको थियोे ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt