• पर्सामा गोधुलीको दोस्रो सेवाकेन्द्र उद्घाटन


    भरतपुर/भरतपुर ३ शहिदचोक नारायणगढमा मुख्य कार्यालय रहेको गोधुली वचत तथा ऋण सहकारी सस्था लि.ले पुर्वी चितवनको पर्सा वजारमा दोस्रो सेवाकेन्द्र स्थापना गरेको छ । सहकारीले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने क्रममा शुक्रबार एक औपचारिक कार्यक्रमका विच खैरहनी ८ पर्सा वजारमा सेवा केन्द्र उद्घाटन गरेको हो ।
    कार्यक्रमका प्रमुख अतिथी खैरहनी ८ का वडा अध्यक्ष टेकबहादुर थापाले सेवाकेन्द्र उद्घाटन गर्दै सहकारीले आम मानिसहरुलाई आत्मनिर्भर वनाएको वताउनु भयो । निम्न आयस्तर भएका मानिसहरुलाई स्वरोजगार वनाउन सहकारीले लगानी गरेर सहयोग गरेको हुँदा सहकारीको महत्व उच्च रहेको उहाको भनाई थियो ।


    कार्यक्रमका विशिष्ट अतिथी रत्ननगर १६ का वडा अध्यक्ष हेमराज थापाले सहकारी विना आर्थिक समृद्धि असम्भव रहेको वताउँदै सहरकारीले वचत गर्ने वानीको समेत विकास गरेको वताउनु भयो । उद्योग वाणिज्य संघ खैरहनीका प्रथम उपाध्यक्ष कुमार खनालले पर्सामा स्थापना गरिएको सेवाकेन्द्रले खैरहनीको आर्थिक समृद्धिमा टेवा पु¥याउने अपेक्षा व्यक्त गर्नुभयो ।
    सोहि अवसरमा सहकारीले मोवाईल वैंकिङ सेवा पनि सुरु गरेको गोधुली वचत तथा ऋण सहकारी सस्था लि.का वरिष्ठ अधिकृत सुर्य बहादुर थापाले जानकारी दिनुभयो । कार्यक्रम सहकारीका अध्यक्ष मधु कुँवरको अध्यक्षमा सम्पन्न भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt