लोकतन्त्र दिवसमा दीप प्रज्वलन


भरतपुर/मानव अधिकार तथा शान्ति समाज चितबन शाखाको आयोजनामा १५ औ लोकतन्त्र दिबसको अवसरमा शनिबार भरतपुरको चौबिसकोठीमा दीप प्रज्वलन गरिएको छ । सो कार्यक्रममा नेपाली काँग्रेस चितबनका पार्टीका सचिब उतम जोशी प्रमुख अतिथि रहनु भएको थियो । दिप प्रज्वलन कार्यक्रममा सचिब जोसिले लोकतन्त्र प्राप्तिको लागि शान्ति समाजको महत्वपूर्ण भुमिकाको चर्चा गर्नु भएको थियो ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव बाबुहरि आचार्यले कार्यक्रम माथि प्रकाश पार्नु भएको कार्यक्रममा आजीवन सदस्य शंकर कँडेल, पूर्ब शाखा सभापतिहरु दिल बहादुर बोगटी, राजेन्द्र पौडेल, नेपाल शिक्षक संघ चितबनका सचिब प्रेम पौडेल लगायतको सहभागिता रहेको थियो ।
शाखा सभापति शम्भु राउतको सभापतित्वमा भएको कार्यक्रम सचिब दयानिधि अर्यालले संचालन गर्नु भएको थियो । त्यस भन्दा अघि संस्थाले प्रकाशन गरेको भित्ते पात्रो सचिब बाबुहरि आचार्यले सार्बजनिकरण गर्नु भएको थियो । कार्य समिति सदस्य बालगोपाल श्रेष्ठको संयोजनमा सो भित्तेपात्रो प्रकाशन गरिएको हो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार