• संक्रमितको व्यवस्थापनमा अस्पतालको वेवास्ता, अस्पताल क्षेत्रमा संक्रमण वढ्ने खतरा


    भरतपुर/हाल देशै भरी दोस्रो चरणको कोभिडको महामारी तिब्र रुपमा फैलीरहेको अवस्थामा भरतपुर स्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल क्षेत्रमा सुरक्षा मापदण्डलाई वेवास्ता गरिएको छ । देशका बिभिन्न जिल्लाबाट क्यान्सरको उपचारको लागि आउने बिरामीहरुमा दैनिक जसो २५÷३० जनाको हाराहारीमा कोरोना संक्रमण पुष्टि हुने गरेको भए पनि ति संक्रमितको व्यवस्थापनमा अस्पतालले चासो देखाएको छैन ।
    संक्रमितहरुलाई सुरक्षित ब्यवस्थापन र संबन्धित जिल्लामा पठाउने कार्य नहुँदा कोरोना संक्रमण पोजेटिभको रिपोर्ट हातमा वोकेका विरामीहरु अस्पताल अगाडीका मेडिकल र होटलहरुमा घुम्ने गरेको पाईएको स्थानीय होटल व्यवसायी दिपक ढकालले जानकारी दिनुभयो ।
    कोरोना संक्रमणवाट सुरक्षित रहन अपनाउनु पर्ने सुरक्षा मापदण्डहरु सरकार र सुरक्षा निकायले सार्वजनिक गरे पनि उक्त मापदण्ड पालना नगर्ने र संक्रमितको व्यवस्थापन नहुँदा अस्पताल वरिपरिको क्षेत्रमा कोरोना संक्रमण झनै वढेको वताउँदै होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष समेत रहनु भएका ढकालले अस्पताल प्रशासन, स्थानीय वार्ड प्रतिनिधिहरु र सुरक्षा निकाएको सहकार्यमा कोरोना संक्रमितको व्यवस्थापनमा ध्यान दिनुपर्ने वताउनु भयो ।
    अस्पतालले कोरोना संक्रमित विरामीहरुको उपचार अस्पताल भित्र नै व्यवस्था गर्नुपर्ने वताउँदै उहाले स्थानीयलाई कोरोना संक्रमण नियन्त्रणको लागि स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा ध्यान दिनु आग्रह गर्नु भयो । संक्रमितहरुलाई संवन्धित जिल्ला र तोकिएका आईसोलेसनमा ब्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै ढकालले अस्पताल अगाडी संचालित मेडिकल, होटल, दुघ डेरी, मासु पसल, तरकारी र फलफुल पसलले स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन गर्नुपर्ने वताउनु भयो ।
    संक्रमण पुष्टि भएका बिरामीहरुलाई अस्पतालको गेट बाहिर निकाल्ने बित्तिकै अस्पताल प्रशासनको दायित्व पुरा नहुने वताउँदै उहाले स्वास्थ्य सुरक्षा मापदण्डमा ध्यान नदिने र अस्पतालले संक्रमितको व्यवस्थापनमा वेवास्ता गर्ने हो भने अस्पताल वरिपरिको क्षेत्रमा संक्रमणको भयावह स्थिति आउने निश्चित भएको वताउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt