• चितवनका होटल क्वारेन्टिनको लागि तयारः व्यवसायी

    भरतपुर/पछिल्लो समय चितवनमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएको छ । पहिलो चरणको कोरोना संक्रमण पुर्ण रुपमा नियन्त्रण हुन नपाउँदै आएको दोस्रो चरणको कोरोना संक्रमणले झनै विकराल अवस्था सृजना गरेको छ । चितवनमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या वढ्दै गएको छ । यस पटकको संक्रमण गतवर्षको भन्दा पनि खतरनाक रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।
    यस पटकको कारोना संक्रमणले संक्रमितको मृत्युदर पनि वढेको छ । दोस्रो चरणको कारोना संक्रमण झनै वढ्ने स्वास्थ्कर्मीहरुको अनुमान छ । कोरोना संक्रमण संगै विरामीको संख्या बढेपछि चितवनका अस्पतालका बेड कोरोनाका विरामीले भरिन थालेका छन् । कतिपय निजी अस्पतालहरुले त वेड खाली भए पनि विरामीको उपचारमा आनकानी गर्ने गरेको गुनासो वढेको छ । चितवनमा कोभिड–१९ को उपचारका लागि छुट्याइएका बेडहरू भरिन थालेको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो ।
    कोरोना संक्रमणको चेन ब्रेक गर्न चितवनमा निषेधाज्ञा जारी छ । गत वर्ष पहिलो चराण्को कोरोना संक्रमणको समयमा चितवनका होटलहरुमा क्वारेन्टिन निर्माण गरिएको थियो । होटलमा क्वारेन्टिन संचालन गरेपछि गतवर्ष संक्रमण नियन्त्रणमा सहयोग पुगेको सरोकारवालाहरुको भनाई छ । यस पटक पनि चितवन प्रशासनले कोरोना संक्रमण बढी रहेका जिल्लाबाट चितवन आउनेहरुका लागि अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने निर्णय गरेको छ ।
    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विशेषज्ञ डाक्टरहरुका अनुसार अहिलेको कोरोना संक्रमण गतवर्षको जस्तो नभएको र यस पटक अक्सिजन अस्पतालमै राखेर स्वास्थ्यकर्मीको निगरानीमा उपचार गर्नुपर्ने अवस्था रहेको वताउनु भयो । विरामीलाई निशुल्क अस्पताल ल्याउन एम्वुलेन्सको व्यवस्था गरिएको जानकारी गराउँदै प्रमुख दाहालले अवश्यकता र संक्रमणको अवस्था हेरेर क्वारेन्टिनको व्यवस्था गरिने जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले हालसम्म चितवनका होटलहरुमा क्वारेन्टिन स्थापना गर्ने विषयमा कुनै तयारी नभएको जानकारी गराउँदै आवश्यक परे सरोकारवालाहरुसंगको सहकार्यमा होटलमा क्वारेन्टिन निर्माणको काम अगाडी वढाईने वताउनु भयो ।
    जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर(डिसीएमसी)ले भारत वा तेस्रो मुलुकबाट आउने र बढी संक्रमित भएका जिल्लाबाट आउनेहरुलाई अनिवार्य १० दिनको क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको हो । होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले गतवर्ष जस्तै यस पटक पनि चितवनका होटलहरु क्वारेन्टिन संचालनको लागि तयार रहेको जानकारी दिनुभयो । चितवनका होटलमा करिव ८ हजार वेड क्षमता रहेको र नवलपुरसमेतलाई समेट्दा दश हजारको हाराहारीमा वेड क्षमता रहेको जानकारी दिँदै चुकेले चितवनका होटल व्यवसायीहरु अक्सिजन सहितको क्वारेन्टिन संचालन गर्न तयार रहेको वताउनु भयो ।
    चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले अस्पतालमा कोरोना संक्रमितको लागि छुट्याईएको १७९ वेड भरिएको जानकारी दिँदै यसपटकको कोरोना संक्रमण जटिल खालको रहेको वताउनु भयो । वाहिरी जिल्ला वाट पनि कोरोना संक्रमित आउने गरेका कारण चितवनका ठुला अस्पतालमा विरामीको चाप वढेको उहाको भनाई थियो ।
    होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले स्थानीय प्रशासनलाई आवश्यकता परेको अवस्थामा होटलहरु क्वारेन्टिनको लागि दिने भन्ने विषयमा व्यवसायीहरुका विचमा आपसि सल्लाह भईरहेको वताउनु भयो । जिल्ला स्थित अधिकांश होटलहरु आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरि होटलमा क्वारेन्टिन संचालन गर्न तयार रहेको वताउनु भयो ।
    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका अध्यक्ष ज्योति कँडेलले गतवर्ष होटललाई क्वारेन्टिन वनाउने विषयमा साना होटलहरुले गुनासो गरेको वताउँदै उहाले यस पटक सवै होटलहरुलाई समेट्नुपर्नेमा जोड दिनु भयो । गतवर्ष सामान्य(नन एसी) कोठाका लागि ५०० देखि ७०० सम्म, स्ट्यान्डर लेभलको कोठाका लागि १ हजार रुपैयाँ र एसी डिलक्क कोठाका लागि १ हजार ५ सय सम्म र भेज खानाको २ सय ७५, चिकन खानाको ४ सय र मटन खानाको ५ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt