• कोरोनाबाट मृत्यु भएकाको अन्त्यष्टिको लागि महानगरले निशुल्क दाउरा उपलव्ध गराउने


    भरतपुर/भरतपुर महानगरले कोरोनाबाट मृत्यु हुनेहरुको अन्त्यष्टिका लागि निःशुल्क रुपमा दाउरा उपलब्ध गराउने भएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार कोरोनाको संक्रमणबाट उपचारका क्रममा ज्यान गुमाउने व्यक्तिको अन्त्येष्टि कार्यका लागि दाउरा खरिदमा लाग्ने तीन हजार रुपैयाँ पनि उपलब्ध गराउने निर्णय महानगरले गरेको छ ।
    उनका अनुसार भरतपुर महानगरपालिकाले गत वर्षदेखि नै कोभिड १९ बाट मृत्यु हुनेहरूको लागि शववाहनको रुपमा एक्साभेटर निःशुल्क उपलब्ध गराउँदै आएको छ । यस वर्षबाट भरतपुर महानगरपालिकाले कोभिड १९ का बिरामीहरूलाई घरबाट अस्पताल लैजान र ल्याउन २ वटा एम्बुलेन्समार्फत निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।
    चितवनमा कोरोना संक्रमितको संख्या बढेसँगै भरतपुर महानगरले आइसोलेसन निर्माणको कामलाई तीव्रता दिएको छ । यसैगरी भरतपुर महानगरपालिकाले शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमितको उपचारको लागि १५ बेडको आइसोलेसन निर्माण गरेको महानगर प्रवक्ता अरुणपीडित भण्डारीले बताए ।
    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कोरोनाको संक्रमण रोकथाम तथा संक्रमितहरुको उपचारको लागि छोटो समयमा शिवनगरमा अत्यावश्यक उपकरणसहितको आइसोलेसन तयार गर्न सफल भएको बताइन् । प्रमुख दाहालले भनिन्, ‘संक्रमितको उपचारमा कुनै कुराको कमी आउन दिनेछैनौँ, जसको लागि महानगरले के गर्नपर्ने हो, त्यो सबै कार्य गर्न तयार छ ।’
    कोभिड १९ को रोकथाम र उपचारको लागि महानगर प्रमुखको नेतृत्वमा समिति गठन गरी २९ वटै वडामा वडा अध्यक्षको संयोजकत्वमा सर्वपक्षीय समिति गठन गरिएको छ । कोरोनाका लक्षण देखिएकाहरूलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको र आवश्यक परेका बिरामीहरूलाई घरबाटै अस्पतालसम्म ल्याउने व्यवस्था निःशुल्क रुपमा महानगरले गर्दै आएको छ । यसबाहेक भरतपुर महानगरले हरेक टोल टोलमा माइकिङ्गमार्फत सचेतना बढाउने, स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गर्नेलगायतका काम पनि गर्दै आएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt