• कृषि समुहलाई नारायणगढ रोटरीको सहयोग


    माडी/नारायणगढ रोटरी क्लबले माडी नगरपालिका, वडा नं १ मा अवस्थित गर्दीका थारु महिला सामुहिक कृषि समूहलाई रोटरीको ग्लोबल गिभिङ परियोजना मार्फत व्यवसायिक कृषि कार्यक्रमका लागि छ लाख चालिस हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । क्लबका अध्यक्ष अनुकूल श्रेष्ठले महिलाहरुलाई आयआर्जनमा सहभागि गराएर कृषिमा आत्मनिर्भर गराउने उदेश्यले उक्त सहयोग गरिएको जानकारी दिए ।
    उक्त सहयोग रकमले कृषि समूहका महिलाहरूले करिब दुई बिगाहा क्षेत्रमा फैलिएको पोखरीमा दुईवटा सोलार पम्प प्रणाली, आठ हजार माछाका भुराहरू र हाँस पालनकालागी एकसय वटा हाँसका चल्लाहरू खरीद गरेको नारायणगढ रोटरी क्लबका सेवा परियोजना निर्देशक इन्जिनियर गुणेश्वर महतोले बताए । त्यसैगरि, सो स्थानमा पोखरी खन्ने कार्यका लागि कृषि ज्ञान केन्द्र, भरतपुरले सहयोग उपलब्ध गराएको र हाँसको खोर निर्माणका लागी माडी नगरपालिकाको १ नं वडा कार्यालयले रकम विनियोजन गरेको इन्जिनियर महतोले बताए ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt