• कोरोना संक्रमणबाट सुरक्षित रहन सिद्धमहायोगानुष्ठान


    सरिता पौडेल
    भरतपुर/कोरोना भाइरसको महामारीबाट हाम्रो समाज आक्रान्त भएको छ । विश्व स्वास्थ्य संगठनले समेत यसको अचुक औषधी पत्ता लगाउन सकेको छैन । उपचारका लागि आवश्यक औषधी, भ्याक्सिन, अक्सिजनको अभावमा माानिसहरु अकालमा ज्यान गुमाइरहेका छन् भने कयौ जोखिममा छन्। कोरोनाका कारण मानव अस्तित्व नै समाप्त हुन लागेको हो कि भन्ने चिन्ता र बहस समेत सुरु भइसकेका छन् । यस्तो अवस्थामा जगतगुरु रामानन्दचार्य सेवा पीठ चतराधाम बराहक्षेत्र तथा महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले कोरोनाबाट मानिसहरु बचाउन सकिने दृढ विश्वास सार्वजनिक गरेको छ । हिमालयन सिद्ध महायोगबाट विभुषित जगतगुरु रामान्दाचार्य स्वामी रामकृष्णाचार्य महायोगी सिद्धबाबाले प्राचिन आर्युवेदिक जडिबुटी र हिमालयन सिद्धमहायोगको साधनाले कोरोना जित्न सकिने दृढ विश्वास व्यक्त गर्नुभएको हो । उहाँले मानवरक्षा र जिवनरक्षाका लागि यहि जेठ १२ गतेबाट १५ दिने सिद्धमहाअनुष्ठान गर्ने घोषणा गर्नुभएको छ । स्वस्थ नागरिक, स्वस्थ परिवार र स्वस्थ देशका लागि महायोगी सिद्धबाबाले े सिद्धमहाअनुष्ठान गराउन लाग्नुभएको हो । “आत्मसुरक्षा परिवारको सुरक्षा र समाज राष्ट्रको सुरक्षा हामी सबैको दायित्व हो , सिद्धबाबाले भन्नुभयो आर्युवेदिय तथा बैज्ञानिक बैद्धिक यौगीक जीवनशैलीले नै शरिरमा रोग प्रतिरोधात्मक क्षमता बृद्धि भई कोरोना जित्न सकिनेछ ।”
    आयुवेदिक पद्धतीबाट भोजन र यौगिक दिनाचार्य अपनाएमा १५ दिनमा रोग ज्रित्न सकिने विश्वास प्रतिष्ठानको छ । महामारिबाट बच्नका लागि म सात्विक आहार गर्दै योग , ध्यान र प्रणायम गरि घरभित्रै बस्छु भन्ने प्रतिज्ञाको गर्नु नै अनुष्ठान हो । हिमालयन महायोग सिद्ध अनुष्ठानमा यौगिक र आर्युवेदिक पद्धती अपनाएर शरिर शोधनदेखि नेपाली शरिरको प्रकृतिअनुसार भोजन कसरी गर्ने भन्ने कुरा सिकाइन्छ । हाम्रो शरिरको ६० प्रतिशत हिस्सा निस्कृय भएर बसेको हुन्छ यसलार्य सुरुआतदेखि नै फोक्सोको कृयालाई यौगिक पद्धतीद्धारा प्रणायम गरियो भने विना अक्सिजन देह त्याग गर्नुपर्दैन । खेलखेलमै यस्ता उपाय अवलम्बन गर्न सकिने विश्वास सिद्धबाबाले दिलाउनुभयो । कोेरोना जित्न सकिने प्रमुख आधार भनेकै आर्युवेदशास्त्र र यौगीक शास्त्र हो उहाँले प्रष्ठ पार्नुभयो । यस अनुष्ठानमा शरिरमा रोग प्रतिरोध क्षमता बृद्धि गरि प्रत्येक व्यक्तिको जीवनशैलीलाई यौगिक तरिकाबाट जोगाउने उपायहरु व्यवहारिक रुपमै प्रत्यक्ष गरेर देखाइन्छ । अनुगष्ठान विहान ५ बजेदेखि ७ बजेसम्म गरिन्छ । विभिन्न मिडियाबाट यसको प्रत्यक्ष प्रसारण गरिदैछ । जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पीठ श्रीराम तारकब्रह्म पीठ एवं महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले संक्रमित नभएको तथा भएको दुवै अवस्थामा कोभिड–१९ बाट बच्ने उपायका लागि निर्देशिका तयार गरि सिद्धमहायोगानुष्ठानको आयोजना गरेको हो । स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु, रोगी व्यक्तिको रोग निर्मूल गर्नु र वर्तमान कोरोना महामारीबाट जीवन रक्षा गर्नु मुल उद्धेश्यका साथ अनुष्ठान गर्न लागिएको हो ।
    सिद्धमहायोगानुष्ठान के हो त
    हाम्रो पूर्व आर्चायहरुद्वारा प्रदत्त जीवनशैली नै वास्तविक जीवनशैली हो । परन्तु आज हामी पाश्चात्य प्रभावले आफ्नो नैसर्गिक, सहज, दिव्य र सुखद जीवनशैलीलाई त्यागेर आडम्बर युक्त जीवनशैलीको बवन्डरमा फसिरहेका छौं । विषम आहार विहार तथा अशान्त मन र परिश्रम रहित जीवनशैलीका कारण हाम्रो शरीर दिन प्रतिदिन रोग निरोधक क्षमता रहित हुदै गइरहेको छ । यसैले गर्दा हर कोही व्यक्ति कोरोना महामारीको चपेटामा सजिलै परिरहेको छ । यस विपत्तिबाट बच्नको लागि हामी आफैंले सजग भएर उचित आहार–विहार, योगासन, प्राणायाम र सकारात्मक चिन्तन मनन गर्न परम आवश्यक छ । आज हाम्रा पूर्व आर्चायहरुद्वारा प्रदत्त जीवनशैली हामीले हाल बिताईरहेको दिनचर्याभित्र धेरै हद सम्म नसमेटिएका हुनाले ति बिषयहरु सहज र सरल रुपमा सिकाई प्राकृतिक रुपमा यस्ता भाइरस संग लड्नसक्ने प्रतिरोधात्मक क्षमता हामी प्रत्येक भित्र विकास गर्न प्रतिष्ठानले १५ दिने विशिष्ट अनुष्ठानको आयोजना गर्न लागिएको हो।
    हामीले के गर्ने त ?
    अब हामीले वैदिक दर्शनको आधारमा वैज्ञानिक जीवन जीउन परम आवश्यक छ । वैदिक आचरणयुक्त जीवन जीउनाले वर्तमान अवस्थामा भोग्नु परेको कोरोना महामारी जस्तो प्रकोपबाट सहजै बच्न सकिन्छ भने सुदुर भविष्य सम्मको लागि आरोग्यताको निर्माण पनि सहजैगर्न सकिन्छ । स्मरण रहोस वेदलेसमस्त प्राणी जगतको हितको कामना गर्दछ र वैदिक दर्शन कुनै जाति, धर्म, सम्प्रदाय वा समुदायको सीमित सोच भन्दा माथीको विज्ञान हो। यस बिज्ञान अनुसार कोरोना महामारीबाट जीवन रक्षा गर्नको लागि विश्व स्वास्थ्य संगठन ले दिएको निर्देशनलाई पालन गर्दै, नेपाल सरकारद्वारा गरिएको लकडाउनलाई सार्थक बनाउन र छिटो भन्दा छिटो कोरोना महामारीबाट देशलाई मुक्त गरी लकडाउन रहित नेपाल बनाउन के गर्न सकिन्छ भन्ने बारे गहिरो खोज अनुसन्धान पश्चात सिद्धमहायोगानुष्ठान सम्बन्धि यो अवधारणापत्रको विकास गरिएको हो । पन्ध्र दिने यस अनुष्ठानद्वारा मानिसको आयु तथा स्वास्थ्यवर्धक दिनचर्य, भोजनचर्य र योगाचारणद्वारा स्वस्थ शरीर, स्वस्थ एवं शान्त मन र चित्त साथैआत्मिक प्रसन्नता प्राप्त गर्न सकिनेछ ।
    यस अनुष्ठानमा के गरिन्छ ?
    वर्तमान र प्राचीन विज्ञानबाट प्रमाणित भएका तथ्यहरुलाई हेरेर पूर्वीय दर्शनको परिणामलाई मध्यनजर गर्दै नेपाली मानव शरीर र नेपालको प्रकृतिको अध्ययन गरी वैदिक एवं वैज्ञानिक रुपमा मानव स्वास्थ्यकोरक्षा गर्न निम्न लिखित ६ प्रकारका साश्वत नियमलाई ध्यानमा राखेर यो अनुष्ठान तयार गरीएको छ ।
    शरीरको पोषण हेतु उचित अन्न जलको व्यवस्थापन र सेवन, प्रकाश र शुद्ध वायुको संयमित सेवन, मल, मुत्र, पसिना आदिको यथानियम निस्कासन, शारीरिक रुपमा चिसो र तातोबाट रक्षा, उचित व्यायाम, परिश्रम र विश्राम,विषाक्त द्रव्य, किटाणु र भाईरसबाट जीवन रक्षा अनुष्ठानको प्रकृति र गरिने कार्यहरु ः यौगिक तथा आयुर्वेदिक सिद्धान्तमा रहेर सबै अवस्था (बाल, वृद्ध र युवा), सबै प्रकृति (वात, पित्त र कफ) तथा वर्ण, लिङ्ग वा सम्प्रदाय (भेद रहित केवल मानव मात्र) को हितको लागि पन्ध्र दिवसीय सिद्धमहायोगानुष्ठान दिनचर्या, रात्रीचर्या तथा ऋतुचर्या अनुसार व्यवस्था गरिएको छ । ब्रह्म मुहूर्तमा (सूर्योदय भन्दा डेढ घण्टा अगाडी) उठेर शरीर शोधनको प्रक्रियाबाट शुरु भई सूक्ष्म व्यायाम, योगासन, प्राणायाम, प्रातः सूर्य सेवन पश्चात आयुर्वेदिय चिया (काँढा) पान गर्दै आ–आफ्नो ईश्वर सम्प्रदाय अनुसार ध्यान, धारणा, पूजा आदिको प्रकृयाबाट अघि बढ्नेछ । पहिलो दिन अल्पाहार सहित उपवास हुनेछ भने रात्रीमा उचित समयमा शयन गर्नुपर्ने हुन्छ । अलग–अलग द्रव्यहरुद्वारा अलग–अलग प्रकारको स्नान, नाक, कान ,मुख, आँखा, आदिको क्रियाहरु विभिन्न द्रव्यहरुद्वारा अलग–अलग दिनमा अलग–अलग प्रकारले गरिनेछ । प्रत्येक दिन परिवर्तित मेनुको आधारमा भोजनको व्यवस्था गरिने छ । एकान्तवास, ब्रह्मचर्य एवं मौनव्रत पालनाका साथै उपलब्ध विभिन्न प्रकारका हानी रहित जडिबुटि औषधि सेवन, सात्विक आहार र अहिंसा रहित जीवन जिउने प्रयास गरिने छ । यस अनुष्ठानका नियमहरुलाई पालन गर्दै विभिन्न योगासन, प्राणायामको साथ १५ दिन सम्म सिद्धमहायोगानुष्ठान गर्नाले हाम्रो जनजीवन अवश्य पनि रक्षा हुनेछ भन्ने विश्वास छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt