• चितवन रोटरीद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण


    भरतपुर/रोटररी क्लव अफ चितवनले सोमबार भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । मुलुकमा फैलिएको दोस्रो चरणको कोरोना संक्रमण न्यूनिकरणमा सहयोग पु¥याउने उदेश्यले एक औपचारिक कार्यक्रमको आयोजना गरि भरतपुर अस्पताललाई पिपिई र अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा रोटरी क्लवका अध्यक्ष रोशन पियाले भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी र निमित्त मेडिकल सुपरिटेन्डेन डा. जगन्नाथ तिवारीलाई हस्तान्तरण गर्नु भएको हो ।
    कार्यक्रममा एक सय छ थान पिपिई सेट, एक सय थान एन नाइन्टि फाइभ मास्क, एक सय थान फेस सिल्ड, छ हजार थान सर्जिकल मास्क हस्तान्तरण गरिएको हो । कार्यक्रममा वोल्दै भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले चितवनमा कोरोना संक्रमण नियन्त्रण वाहिर नगएको वताउँदै विभिन्न सरोकारवाला निकायको सहयोगमा कोरोना नियन्त्रणमा जुटिरहेको वताउनु भयो । सामाजिक क्षेत्रमा क्रियाशिल अग्रणी सस्थाको रुपमा रहेको रोटरी क्लवको तर्फवाट आगामी दिनमा अझै ठुलो सहयोगको अपेक्षा गर्दै प्राप्त सामानले कोरोना संक्रमण नियन्त्रणमा सहयोग पु¥याउने वताउनु भयो ।
    अस्पतालका निमित्त मेडिक सुपरिटेण्डेन डा. जगन्नाथ तिवारीले रोटरी क्लव अफ चितवनको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै स्वास्थ्य सामाग्रीको उच्चतम सदुपयोग हुने कुरामा ढुक्क हुन आग्रह गर्नुभयो । कार्यक्रम संचालन गर्दै रोटरी क्लव अफ चितवनका तृतीय उपाध्यक्ष एवं भरतपुर अस्पतालका पुर्व मेडिकल सुपरिटेन्डेन डा. कृष्ण प्रसाद पौडेलले रोटरी क्लवले गर्दै आएको सामाजिक कामको वारेमा प्रकाश पार्दै अस्पतालको आवश्यकतालाई मध्यनजर गर्दै स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको वताउनु भयो ।


    रोटरी क्लव अफ चितवनका अध्यक्ष रोशन पियाले अस्पतालको तर्फवाट माग भई आएको खण्डमा रोटरी क्लव अफ चितवन सहयोगको लागि तत्पर रहेको वताउनु भयो । कार्यक्रममा भरतपुर अस्पतालका प्रवत्ता युवानिधि वसौला, गोपाल पौडेल, रोटरी क्लव अफ चितवनका सदस्य एवं योगी नरहरिनाथ प्राकृतिक चिकित्सालय भरतपुरका प्रतिनिधि हेमराज कोइराला, सदस्य सिरिस पन्त, मनोज वर्नवाल, सम्पादक रोसन खरेललगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt