• सडक सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम


    कावासोती/रोटर्याक्ट क्लव अफ कावासोतीको आयोजना तथा मध्यबिन्दु बहुमुखी क्याम्पसको सहयोगमा “सडक सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम“ भर्चुअल जुम एपको माध्यमबाट सम्पन्न भएको छ । कार्यक्रममा नवलपुर जिल्लाका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर नारायन थापा लगायत उहाँको टीमले पहिलेको तुलनामा अहिलेको ट्राफिक प्रहरीको अवस्था, वर्तमान लक डाउनको समयमा ट्राफिक प्रहरीको भुमिका, परिवर्तित नीति नियम, आउने दिनका भावी योजनाहरु, सामाजिक संस्थासँगको सहकार्य लगायतका विषयमा जानकारी दिनु भएको थियो ।
    कार्यक्रममा मध्यबिन्दु बहुमुखी क्याम्पसका प्रमुख मुक्ति राम पाण्डेले अहिलेको समयमा रोटर्याक्ट क्लव अफ कावासोतीले आयोजना गरेको यस किसिमको कार्यक्रम एकदमै प्रभावकारी भएको र कार्यक्रममा मध्यबिन्दु बहुमुखी क्याम्पसले पनि सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नु भएको थियो । त्यसै गरी सोही क्याम्पसका सहायक क्याम्पस प्रमुख गणेश मान गिरी, विष्णु प्रसाद लम्सालले पनि आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।
    कार्यक्रमको रोटर्याक्ट क्लव अफ कावासोतीको अध्यक्ष परमानन्द गौतमले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रमको अन्त्यमा क्लबका सचिव शेष नारायन पौडेलले उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले उक्त कार्यक्रम सञ्चालन गर्न सहजिकरण गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt