कोरोना


हरिदत्त देवकोटा
पालुङ्टार ३ गोरखा (हाल चितवन)

१) हे प्यारा साथी पाइयो दुःख कोठामा बसेर
सुत्दछु कहिले उठ्दछु कहिले यो ढाड दुखेर ।
भोग्दैछु आज बन्दिको जिवन घरमा वसेर
खानु र पिउनु हरायो अहिले खिन्न नै बनेर ।

२) कोरोना नामको निर्जीव जिब शरिरमा पसेर
मुटु र फोक्सो ड्यामेज गर्ने शरिर बनेर ।
जन्मन पुग्यो छिमेकी देश चीनको वुहानमा
यहि रोग नाच्यो शरिरभरि मनको कुनामा ।

३) क्या मान्छे मरे संकट आयो चिनिया शहर
रमेर बस्यो केहि दिन त्यहाँ त्यो जड कहर ।
कोरोना लाग्यो विश्वनै अहिले उसले थर्कायो
भय र त्रास बढेर गयो मन मेरो धड्कायो ।

४) मरेछन् मान्छे हजारौ अहिले संक्रमण उस्तै छ
ति हिड्ने मान्छे सडकमा भए पुल्टुंगै पल्टेर ।
असहाय वढे टुहुरा उस्तै विधुर कति हो
अनाथ रुन्छ संझेर आमा वेदना अति भो ।

५) यो बाट बच्न सरकारले यहा लकडाउन गरेछ
हातमुख धोउ मास्क पनि लगाउ सबैलाई भनेर ।
घरैमा वस ननिस्क बाहिर कोरोना लाग्ने छ
औषधि छैन यो लाग्यो भने जिवन जाने छ ।

६) चरण पहिलो सकियो यहाँ दोस्रो पो आएछ
पैलेको भन्दा झन् खतरा रैछ जिवन जाने छ ।
संक्रमण यस्तै मृत्यु नै वढ्यो झन् वढ्यो त्रासदि
सजग हामी नभएर यहाँ झन् वढ्छ आपत्ति ।

७) अक्सिजन ग्यास पाउनै गाह्रो न वेड पाईन्छ
कमिसन खेल बढेर गयो निजीमा धाइन्छ ।
छाक टार्न गाह्रो गरिब वरा पैसाको नास भो
जे जति जेथा रहेछ यहाँ बेच्न नै पर्ने भो ।

८) यो जेथा बेचि न मान्छे बाँच्यो चिन्ता नै वढायो
दुःखीलाई भार बोकाई ऋण सन्ताप गरायो ।
त्यसैले हामी सजग रहौं मास्क पनि लगाऔं
हरेक पटक हात राम्रो धोउ भिडभालमा नजाऔं ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt