• धुम्रपान रहित दिवसमा विद्यालय स्तरीय सचेतना कार्यक्रम


    भरतपुर/नेपाल अर्वुद रोग निवारण सस्था चितवन शाखको आयोजनामा विश्व धुम्रपान रहित दिवस २०२१ को अवसरमा विद्यालय स्तरीय क्यान्सर सचेतनामुलक कार्यक्रम हुने भएको छ । सुर्तीजन्य पदार्थ त्याग्न प्रतिवद्धता गरौं भन्ने मुल नाराका साथ भरतपुर महानगरपालिका, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र हंस वहुउदेश्यीय सहकारी सस्थाको संयोजनमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
    यहि जेठ १७ गते (मे ३१ तारिख) को दिन जुम प्रविधिमार्फत विहान ११ वजे आयोजना हुने उक्त कार्यक्रममा भरतपुर महानगरपालिका भित्रका निजी तथा सामुदायीक विद्यालयहरुमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्यायनरत विद्यार्थीहरुले सहभागिता जनाउन सक्ने नेपाल अर्वुद रोग निवारण सस्था चितवन शाखाका सभापति गोविन्द प्रसाद पौडेलले जानकारी दिनुभयो ।
    विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष मे ३१ तारिखको दिन विश्व धुम्रपान रहित दिवस मनाउने गरिएको छ । विविध औपचारिक कार्यक्रमको आयोजना गगि मनाईने गरिएको उक्त दिवस कोरोना महामारीको कारण भौतिक रुपमा उपस्थित भएर मनाउन नसकिएको जानकारी दिँदै नेपाल अर्वुद रोग निवारण सस्था चितवन शाखाका निवर्तमान सभापति दिनेश कुमार चुकेले विद्युतीय माध्यमवाटै भए पनि यस सचेतनामुलक कार्यक्रम गरि दिवस मनाउन लागिएको जानकरी दिनुभयो ।
    कार्यक्रममा काठमाण्डौ क्यान्सर सेन्टरका कार्यक्रम निर्देशक एवं वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका पुर्व विभागीय प्रमुख किशोर प्रधानाङ्ग, नेपाल अर्वुद रोग निवारण सस्था केन्द्रिय कार्यसमितिका उपमहासचिव बद्रीनाथ पोखरेल, व्रम्हकुमारी राजयोग सेवाकेन्द्र नारायणगढका व्रम्हकुमार विजयराज सिग्देललगायतले सहजिकरण गर्नुहुने नेपाल अर्वुद रोग निवारण सस्था चितवन शाखाका सचिव कृष्णहरि तिमिल्सेनाले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt