निषेधाज्ञाको पालना गर्न उवासंघ चितवनको अपील


भरतपुर/मुलुकमा फैलिएको दोस्रो चरणको कोरोना संक्रमण झनै वढेको हुँदा नेपाल सरकारद्धारा जारी स्वास्थ्य सुरक्षा मापदण्ड र निषेधाज्ञाको पालना गर्न उद्योग वाणिज्य संघ चितवनले अपील गरेको छ । कोरोना संक्रमण वढिरहेको वर्तमान अवस्थामा जिल्ला प्रशासन कार्यालय चितवनले फेरि लकडाउनको समय थप गरेको वताउँदै संघले सदस्यहरुलाई कोरोना संक्रमण फैलन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड र निषेधाज्ञाको पुर्ण रुपमा पालना गर्नुको विकल्प नभएको भन्दै सो अपिल गरेको हो । संघका कार्यकारी निर्देशक निल बहादुर केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै दोस्रो लहरको कोरोना संक्रमणको कारण दिप्रतिदिन संक्रमित र मृत्युदर वढेको वताउँदै वर्तमान अवस्थामा निषेधाज्ञाको पालना गर्नु उद्यमी व्यवसायी लगायत आम सर्वसाधारणको कर्तब्य भएको वताउनु भयो । निषेधाज्ञाको पालना नगर्ने हो भने कोरोना संक्रमण नियन्त्रण हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

संक्रमण फैलावटको सम्वन्धमा जिल्ला स्वास्थ्य कार्यालय चितवन लगायत सरोकारवाला निकायद्धारा हालै गरिएको अध्यायन अनुसार करिव ३५ प्रतिशत संक्रमण किनमेलका कारण फैलिएको पाईएको वताउँदै कार्यकारी निर्देशक केसीद्धारा जारी विज्ञप्तिमा स्थानीय प्रशासनद्धारा स्वीकृत गरिएका व्यापार व्यवसाय (अत्यावश्यक वस्तु तथा सेवाका व्यवसाय मात्र) तोकिएको समयमा मात्र खोल्नुहुन र अन्य व्यवसाय बन्द गर्नुहुन अनुरोध गरिएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार