• गणतन्त्र दिवसमा सहयोग सामाग्री हस्तान्तरण र दिप प्रज्वलन


    भरतपुर/मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले विविध कार्यक्रमको आयोजना गरि शनिबार १४ औं गणतन्त्र दिवस मनाएको छ । समाजले गणतन्त्र दिवसको अवसरमा देवघाटधाममा रहेको रोटरी करुणालय बृद्धआश्रममा स्वास्थ्य सामाग्री तथा फलफूल वितरण गरेको छ भने साँझ भरतपुरमा दिप प्रज्वलन गरेको छ ।
    मुलुकमा फैलिएको कोरोना संक्रमणको कारण औपचारिक रुपमा दर्जनौ मानिसहरुको सहभागितामा कार्यक्रम गर्ने अवस्था नभएको वताउँदै मानब अधिकार तथा शान्ति समाज चितवन शाखाका सभापति शम्भु राउतले छोटकरी रुपमा कार्यक्रम गरिएको वताउनु भयो ।


    समाजले करुणालयमा सेनिटाइजर, मास्क, हेन्डवास, गुलकोज, स्याउ, चाउचाउ लगायतको समाग्री हस्तान्तराण गरेको हो । सहयोग सामाग्री समाजका जिल्ला सभापति शुम्भु राउत, बालगोपाल श्रेष्ठ, पूर्ण चन्द्र चापागाई, रिता न्यौपाने, सुुप्रिया सापकोटाको पहलमा संकलन गरिएको हो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt