• आफ्नै लगानीमा अनाथ, असहायहरुको लागि बिद्यालय संचालन गर्छुः श्रेष्ठ


    नेपालको एैतिहासिक जिल्ला गोरखामा जन्मिनु भएको राजनैतिक योद्धा कार्यकर्ता, रानैतिक पीडित, समाजसेवी राष्ट्रसेवक मिलनसार, मिहिनेती, कर्मठ, लगनशील, शिक्षा प्रेमी एैतिहासिक जनआन्दोलन २०४६ र ०६२/०६३ सालको जनआन्दोलन शहीद परिवार तथा घाइते समिति चितवनको अध्यक्ष र एस.एण्ड पी अडिटिङ कम्पनीको संचालक श्री सूर्य श्रेष्ठ संग गणतन्त्र दिवसको सन्दर्भमा गरिएको कुराकानी ।

    १. लोकतन्त्र दिबश र गणतन्त्र दिबशमा के फरक छ ?
    उत्तरः– लोकतन्त्र दिबश बैशाख ११ गते र गणतन्त्र दिवश जेष्ठ १५ गते मानिन्छ ।
    नेपाली जनताले देशमा शान्ति, सुब्यवस्था कायम गर्न, शुद्ध प्रजातन्त्र ल्याउन सुरक्षाकर्मीको गोली, र लाठीसंग संघर्ष गरी आफनो जिउ–ज्यानको पर्वाह नगरी लोकतन्त्र प्राप्ती गरीे आन्दोलन सफल भएको दिन २०६३ साल बैशाख ११ गते हो त्यही दिनमा लोकतन्त्र दिवश मानिन्छ, भने लोकतन्त्रको बुई बोकी लोकतन्त्रको आधारमा नै जेष्ठ १५ गते संसद भवनबाट कुनै आन्दोलन नगरी गणतन्त्र घोषणा गरिएको दिन चाँही गणतन्त्र दिवश हो ।

    २. तपाईले गणतन्त्र दिबशलाई कसरी हेर्नु हुन्छ ?
    उत्तरः– मुख्य कुरा गणतन्त्र दिबश भन्दा लोकतन्त्र दिबश लाई नै प्राथमिकता दिइनु पर्छ, किनभने जनताको बाहुवलबाट,जनताको योगदानबाट नेपाली जनता सडकमा ओर्ली आन्दोलन गरी बैशाख ११ गते लोकतन्त्र (प्रजातन्त्र) आएको सुनौला एैतिहासिक दिन हो । बैशाख ११ गतेलाई सार्वजनिक बिदा नदिई जेष्ठ १५ गतेलाई बिदा गरिनु नेपाली जनता, र जनआन्दोलन घाइतेहरुलाई अपमान गर्नु हो । कतिको सिउँदो पुछिए कति आमाको काख रित्तियो अझसम्म घाइतेको घाउ निको भएको छैन । शहीद र जन्आन्दोलन घाइतेले अर्जेको यो मुलुक शहीदको अपमान गरिनु अभिशाप हो । १ मिनेट मौन धारण गर्ने, तर शहीदको सम्मान नगर्नै के औचित्य रहयोत? अव आउने सरकारले बैशाख ११ गते नै लोकतन्त्र दिबश मनाउने कार्य होस म भन्न चाहान्छु । जेष्ठ १५ गते सडकवाट कुनै आन्दोलन नगरी माननीय सभासदबाट संसद सभाहलबाट गणतन्त्र घोषणा गरिएको दिन हो । यसरी सरकारले जे गरे पनि हुन्छ भनी छाडातन्त्रलाई निम्त्याएको देखिन्छ ।

    ३. गणतन्त्र प्राप्ती पछि जनता के सन्तुष्ट भएको महसुस गर्नु हुन्छ ?
    उत्तरः– जनता कुनै सन्तुष्टी छैन यस गणतान्त्रिक सरकार प्रति । जनताले शुद्ध प्रजातन्त्र चाहेको हो । जनताले धर्म निरपेक्षता मागेको थिएन । देशलाृई संघिएतामा जाने कुरा गरेको थिएन । नेपाल जस्तो साने मुलुकमा संधियता खाँचो थिएन ,प्रजातन्त्र आएको त नेता र कर्मचारीलाई मात्र भयो । कृषक, सानातिना ब्यपारी श्रमिकहरुलाई प्रजातन्त्र आएको रहेन्छ । जनतालाई कर मात्र तिर्न लगाई आर्थिक भार बोकाएको छ । देशमा प्रजातन्त्रको नाममा छाडातन्त्र मोलाएको छ । जस्ले जे गरे पनि हुन्छ भन्ने भावना रहेको छ, मन्त्री देखि जनता सम्म । हत्या, हिंसा, बलात्कार बढदो छ । कमीसन, भ्रष्टाचार र घुसखोरी बढदो छ । यस्तो जघन्य अपराध भईरहने हुँदा जनता कसरी खुसी हुने ?

    ४ नेपाल प्रजातान्त्रिक,लोकतान्त्रिक तथा गणतान्त्रिक मुलुक भएपछि जनमत अनुसार सरकार चलेको पाउनु हुन्छ त ?
    उत्तरः– जनमत अनुसार सरकार चलेको छैन । जनताको नाम दिई जनतालाई नै शोषण गर्न पछि परेको छैन । ब्वाँसो झै जनतालाई चुसी रहेछ । प्रजा (जनता) को इच्छा अनुसार जनताको हित अनुसार शासन चल्नु नै प्रजातन्त्र हो । तर नेपालमा यस्को ठिक उल्टो भएको छ । जनता सरकार प्रति निराश भई आक्रोस ब्यक्त गरिरहेको छ ।

    ५. जनआन्दोलन धाइतेहरुको योगदानबाट प्राप्त लोकतान्त्रिक सरकारले जनआन्दोलन घाइतेहरु र शहीदको परिवारलाई कुन सम्मान दिई कुन स्थानमा राखिएको छ ?
    उत्तरः– २०४६ सालको जनआन्दोलनले पंचायति ब्यवस्था अन्त भयो । ०६२/०६३ को एैतिहासिक जनआन्दोलनले सदाको लागी शाह बंशीय राजतन्त्र समाप्त भयो । नेपाली जनता जनआन्दोलनको योद्धाहरुको योगदानबाट नेपालमा बहुदलिय प्रजातान्त्रिक सरकार स्थापना भई नेपालीको छोरा छोरी देशको राष्ट्रपति समेत बन्न पुग्यो । यो कार्य तिनै जनआन्दोलन योद्धाहरुको नै योगदान हो । यो कुरा पदमा पुग्ने सरकारको नेतृत्व गर्ने मन्त्रीहरुले भुसुक्के बिर्सिनु जनआन्दोलन घाइतेहरुलाई अपमान गरीनु हो र नेपाली जनता प्रति उत्तरदायित्व नहुनु हो । जनआन्दोलन योद्धाहरुको योगदानबाट नै हामीले सरकारमा पुगी देशको कार्यभार बहन गरेको कुरा महसुस भएन । ती जनआन्दोलन घाइतेहरु र शहीद परिवारलाई उच्च स्थानमा राखी सरकारी सम्मान दिइनु पर्ने हो ।

    ६. तपाँई.२०४६ सालको जन आन्दोलनमा शरिक भई पंचायति ब्यवस्था अन्त गर्नु भयो, अनी ०६२/०६३ को जनआन्दोलनमा खुन र पसिना बगाई ठुलो कुर्वान गर्नु भयो, खै त तपाई माननीय सभासद बन्नु भएन नी ?
    उत्तरः–मैले नामलाई मात्र महत्व दिइ दामलाई महत्व नदिईकन पुरै समय राजनैतिकमा समर्पण भँए । भौतिक शरिर राजनैतिकमा समय दिदाँ पैसा कमाउने त कुरै भएन । भएको पैसा पनि राजनैकिमा लाग्दा खर्च भयो । राजनैतिक पद पाउन धनराशी खर्च नगरी नहुने रहेछ । भगवानलाई दर्शन गर्दा त भेटी चढाउनु पर्ने हुन्छ, मानिसको त के कुरा गरौं । कामको आधारमा मूल्याङकन गरेनन । हुनत सम्मानीय प्रधानमन्त्रि तथा पार्टी सभापति ज्यु लगायत केही केन्द्रिय नेताहरुलाई भनेको थिए । तर माया ममताले मात्र हुदैन रहेछ ।

    ७. जनआन्दोलन घाइते तथा शहीद परिवार समितिको चितवनको अध्यक्ष बन्नु भयो तपाई अध्यक्ष भएर के काम गर्नु भयो ? ।
    उत्तरः म सातवटा राजनैतिक दलको समर्थनबाट जनआन्दोलन घाइते समितिको चितवनको अध्यक्ष भएको हु, मैले सबै आन्दोलनमा घाइते भएको ब्यक्तिहरुको अभिलेख राखी नेपाल सरकार हरीहर भवन काठमाण्डौ स्थित सरकारी कार्यालयमा प्रतिबेदन पेश गरि नै रहेको थिए । घाइतेहरुलाई राहत बितरण गर्न सिफारिस पेश गर्ने काम गरिन्थ्योे । साथै गृह मन्त्रालयबाट म सूर्य श्रेष्ठ र केन्द्रिय अध्यक्ष श्री डा.केदार नरसिह के.सि.ज्यू को संयुक्त सकृय पहलमा जनआन्दोलन धाइते प्रमाण पत्र उपलब्ध गराउन तथा बितरण गरिने कार्य गरियो । जनआन्दोलन सम्बन्धि सभा, सम्मेलन, गोष्ठी, कार्यक्रम जस्ता काम गरे । बेला बेलामा गृह मन्त्रालय गई रहनु पथ्र्यो ।

    ८. तपाई राजनैतिकमा महान ब्यक्ति भएको यत्रो मानिस केन्द्रिय नेताहरुले सूर्य श्रेष्ठ भनी मायाँ गरेको नै थियो किन राजनैतिकलाई समय नदिई एस.एण्ड.पी अडिटिङ कम्पनी ब्यवसाय संचालन गर्नु भयो ?
    उत्तरः–मैले राजनैतिक गरेर राजनैतिक पद लिई केही महान कार्य गर्ने ठुलो अभिलाषा राखेको थिए, त्यो इच्छा पुरा गर्न सकिन ।आर्थिक संकट परेपछि आफुुले नै कमाउन पर्ने भएपछि ब्यवसाय गर्नु नै बाध्यता भयो । जसस्वरुप मेरो सर्टिफिकेटको सदुपयोग गरी, एस.एण्ड पी अडिटिङ कम्पनीे ब्यवसाय संचालन गरेको हुँ । मैले अहिले काठमाण्डौ र चितवन गरी ९ जना कर्मचारीहरुलाई रोजगारी दिने अवसर पाएको छु । ठुलो मानिस बन्नु भन्दा असल मानिस बन्नु उचित लाग्यो । राजनैतिकबाट हरेश चाही खाएको छैन, अव आउने चुनावमा सभासदको दावेदार हुनेछु ।

    ९ चितवनमा तपाई सामाजिक कार्यकर्ताको रुपमा चिरपरिचित हुनुहुन्छ । बिभिन्न संघ,सस्था मठमन्दिरमा दान चन्दा दिएको सुनिन्छ अव तपाईको सामाजिक भावी योजना तथा कार्यक्रम के छ ?
    उत्तरः–हो, म पुरा राजनैतिक एवं सामाजिक कार्यकर्ता हुँ, राजनैतिक कार्यकर्ता हुदाँ पदमा नहूँदा केही गर्न सकेको थिएन, तर अहिले एस.एण्ड पी.अडिटिङ कम्पनी ब्यवसाय संचालन गरेपछि ब्यवसायको कमाईबाट बिभिन्न संघ, संस्था र मठमन्दिरमा दान चन्दा दिन सफल भएको छु । अरुले कमएको पैसा बैंक वा घरायसी खर्च गर्छन भने मैले सामाजिक काममा लगानी गरेको छु । मैले अझै कसैसंग चन्दा नमागीकन आफनै निजी कमाईबाट नर्सरी, १ कक्षा देखि क्रमशः १० कक्षा (मा.वि.तह) सम्म अनाथ, असहाय बिद्यालय यसैवर्षको शैक्षिक सत्रबाट संचालन र्गदैछु ।

    १०. तपाईको शैक्षिक योग्यता कहाँ सम्म पु¥याउनु भयो ? बताउनु हुन्छ की ।
    उत्तरः मेरो शैक्षिक योग्यता मानविकी संकायमा व्याचलर लेवल हो । पछि यो आर्टस बिषय चित्त नबुझेर अडिटर बन्ने अभिलाषाले आइकमवाट शुरु गरि एमविएस सम्म अडिटिङ ट्याक्सेसन र पछि फेरी मार्केटिङ रिसर्च मा मास्टर डिग्रीको विद्यार्थी भए । त्यतिले नपुगी एलएलविसम्म कानुनको बिद्यार्थी समेत भएको छु ।

    ११ अन्तमा तपाई आफ्ना ग्राहक र नेपाली जनतालाई के सन्देश दिनु हुन्छ साथै के भन्न चाहानु हुन्छ ?
    उत्तरः– मेरा शुभचिन्तक स्नेही मित्र, महानुभावहरु समक्ष के भन्न चाहान्छु भने मानिस ठुलो दिलले हुन्छ,जातले हुदैनू, ठुलो मानिस बन्नु भन्दा असल मानिस बन्नु नै बेशू,मायाँ, स्नेह,सम्मान मागेर पाइदैन, ब्यावहारिक कार्यबाट पाईन्छ राम्रो काम र कुरालाई अघी बढाउने,र फैलाउने हो नराम्रो काम र कुरालाई औल्याउने र निरुत्साहित गर्ने वानी बसाल्नु पर्छ । अरुको दोष मात्र देखाई नकारात्मक सोँच हटाई सफल र सक्षम बन्नु आजको आश्यकता हो । अस्तु

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt