• नेपाल अर्वुद रोग निवारण संस्था चितवनद्वारा सचेतना कार्यक्रम सम्पन्न


    भरतपुर/नेपाल अर्वुद रोग निवारण संस्था, चितवन शाखाद्वारा विश्व धुम्रपान रहीत दिवस २०२१ को अवसरमा सोमबार विद्यालय स्तरीय सचेतना कार्यक्रम सम्पन्न भएको छ । भरतपुर महानगरपालिका भित्र रहेका निजी तथा सामुदायीक विद्यालयहरु लाई सहभागी वनाई जुम प्रविधि मार्फत विश्व धुम्रपान रहीत दिवस २०२१ को नारा सुर्ति जन्य पदार्थ त्याग्न प्रतिवद्धता गरौ का साथ विद्यालय स्तरीय क्यान्सर सचेतनामुलक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो । नेपाल अर्वुद रोग निवारण संस्था, चितवन शाखाका सभापती गोविन्द प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहजकर्ताको रुपमा काठमाण्डौं क्यान्सर सेन्टरका कार्यक्रम निर्देशक एवम् वि.पि. कोइराला मेमोरीयल क्यान्सर अस्पतालका क्यान्सर रोग रोकथाम, नियन्त्रण तथा अनुसंधान विभागका पुर्व विभागिय प्रमुख किशोर प्रधानांगले सुर्तिजन्य पदार्थ र त्यसवाट क्यान्सर रोगमा पार्ने प्रभावका विषयमा कार्यपत्र सहित प्रशिक्षण गर्नुभएको थियो । त्यसैगरि व्रम्हकुमारी राजयोग सेवाकेन्द्रका व्रम्हकुमार विजयराज सिग्देलले वर्तमान परिस्थितीमा आफु खुसी र आनन्दीत रहनको लागी गर्न सकिने आध्यात्मिक कार्यहरु लगायत त्यसमा सुर्तिजन्य पदार्थको प्रभाव सम्वन्धमा प्रकाश पार्नु भएको थियो । सहजकर्ताकै रुपमा नेपाल अर्वुद रोग निवारण संस्थाका केन्द्रिय उपमहासचिव वद्रिनाथ पोख्रेलले सुर्तिजन्य पदार्थ सम्वन्धि कानुनी धारणा र नेपाल अर्वुदरोग निवारण संस्थाका गतिविधिहरुको वारेमा स्पष्ट पार्नु भएको थियो ।
    कार्यक्रममा भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र पौड्याल, हंश वहुउद्धेश्यीय सहकारी संस्था लि.का अध्यक्ष एवं नेपाल अर्वुद रोग निवारण संस्था चितवन शाखाका निर्वतमान सभापति दिनेश कुमार चुके तथा नारायणी सामुदायीक अस्पतालका अध्यक्ष एवम् संस्थाका पुर्व कार्यसमिति सदस्य डा. भक्तमान श्रेष्ठलगायतले शुभकामना मन्तव्य सहित सुतिजन्य पदार्थको उत्पादन, विक्रि वितरण र उपभोगमा प्रतिवन्ध लगाउनु पर्नेमा जाड दिनुभयो । हंस वहुउद्धेश्यीय सहकारी संस्था लि. की सचिव एवम् नेपाल अर्वुद रोग निवारण संस्था चितवन शाखाकी कार्य समिति सदस्य शारदा शर्मा पौडेलले प्राविधिक समन्वय गर्नुभएको उक्त कार्यक्रममा नेपाल अर्वुद रोग निवारण संस्थाका केन्द्रीय महासचिव, चितवन उद्योग संघ, रोटरी क्लव अफ भरतपुर, चितवन रोटरी क्लव, पत्रकार महासंघ, नेपाल अर्वुद रोग निवारण संस्थाका पुर्व सभापतिहरु, यसस्कर सदस्यहरु, आजिवन सदस्यहरु, कार्य समितिका सम्पुर्ण सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक शिक्षिकाहरुको अलावा करीव ३०० जना को उपस्थितिमा संस्थाका सचिव कृष्णहरी तिमिल्सिनाले सञ्चालन गर्नुभएको सो कार्यक्रममा सहसचिव रोशन थापाले सामाजिक सञ्जालवाट लाईभ प्रशारण गर्न सहयोग गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt