• चितवनमा फेरि एक हप्ता थपियो निषेधाज्ञा


    भरतपुर/दोस्रो चरणको कोरोना संक्रमण तीव्र भईरहेको अवस्थामा चितवन फेरि लकडाउनको समयावधी थपिएको छ । पछिल्लो पटक थपिएको समय अनुसार चितवनमा जेठ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
    दोस्रो पटक थप गरिएको निषेधाज्ञाको अवधि यहि जेठ २० गते रातिबाट सकिदैछ । जिल्ला प्रशासन कार्यालय चितवनले गत वैशाख १६ गतेरातिदेखि लागू हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको थियो । लगत्तै जेठ १३ गते राती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको थियो । कोरोना संक्रमणको दर अझै नघटेपछि जेठ २० गते राति १२ बजेसम्म लागू हुने गरी थप गरिएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt