• स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न


    भरतपुर/मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको आयोजनामा बुधबार भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समाजको २६ औं स्थापना दिवस रक्तदान कार्यक्रमको आयोजना गरि मनाईएको मानव अधिकार तथा शान्ति समाज चितवनका सभापति सम्भु राउतले जानकारी दिनुभयो । भरतपुर स्थित वीरेन्द्र वहुमुखी क्याम्पसको प्रंगढमा आयेजित उक्त कार्यक्रमा ३ जना महिला सहित २५ जनाले रक्तदान गर्नु भएको शाखा सभापति राउतले जानकारी दिनुभयो ।


    मुलुकमा फैलिएको दोस्रो चरणको कारोना संक्रमणको कारण धरै मानिसको उपस्थितीमा औपचारिक कार्यक्रम गर्न नपाए पनि स्वास्थ मापदण्ड पालना गरि सानो कार्यक्रम गरिएको वताउँदै उहाले चितवनमा कोरोना संक्रमणको कारण देखिएको रगत अभावको समस्यालाई केहि भए पनि समाधान गर्न उक्त कार्यक्रमले सहयोग पु¥याउने अपेक्षा व्यक्त गर्नु भयो । आगामी दिनमा पनि यस्ता खालका सामाजिक काममा मानव अधिकार तथा शान्ति समाज चितवन शाखा सक्रिय रहने उहाँको भनाई थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt