राष्ट्रिय युवा संघद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण


माडी/राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि चितवनले वुधबार माडी नगरपालिका स्थित राष्ट्रिय युवा संघ माडी नगर कमिटिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । जिल्ला संयोजक सुशिल केसीले माडी नगर कमिटिका संयोजक मुन्ना मियालाई सामाग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव प्रताप डल्लाकोटीले कोरोनाको कहरमा एक अर्कामा सहयोगी भइ काम गर्नुपर्ने बताए ।
विशिष्ट अतिथि रािष्ट्रय खेलकुद महासंघका सह कोषाध्यक्ष ऋषिकेश रेग्मी, नेकपा एमाले जिल्ला कमिटि सदस्य श्रीप्रसाद दवाडीलगायतका नेता कार्यकर्ताको उपस्थितिमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला कमिटिका सह संयोजक शंकर अधिकारीले जानकारी दिए । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि चितवनका संयोजक सुशिल केसीले सहयोग कार्यक्रम अभियान कै रुपमा जारी रहेको बताए ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार