मेचीमहाकाली बुहारी संयुक्त आवाजद्धारा खाद्यान्न सहयोग


भरतपुर/मेचीमहाकाली बुहारी संयुक्त आवाज जिल्ला शाखा चितवनले शुक्रबार एक कार्यक्रमका विच खाद्यान्न सहयोग हस्तान्तरण गरेको छ । कोरोना संक्रमणको कारण दैनिक गुजारा चलाउन समस्यामा परेका समुदायलाई खाद्यान्न सहयोग गरिएको हो । शुक्रबार आयोजित कार्यक्रममा प्रतिपरिवार ३० किलो चामल, दाल, नुन, तेल प्रदान गरिएको संस्थाकी जिल्ला सदस्य तथा इच्छाकामनाकी प्रतिनिधि सावित्री पुडासैनीले जानकारी दिनु भयो ।
मेचीमहाकाली बुहारी संयुक्त आवाज जिल्ला शाखा चितवनले इच्छाकामना गाउपालिका वडा नं ५ अन्तर्गत चेपाङ समुदायलाई खाद्यान्न वितरण गरेको हो । कार्यक्रममा संविधान सभा सदस्य अन्जनी श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो भने प्रदेश सांसद मिलन बावु श्रेष्ठ विशेष अतिथी रहनु भएको थियो ।
कार्यक्रममा इच्छाकामनाका वडा अध्यक्ष मोदराज सिलवाल, केन्द्रीय सल्लाहकार सुर्यहरि मरहठ्ठा, प्रदेश सल्लाहकार कल्पना पौडेल, सस्थाकी जिल्ला संयोजक महेश्वरी खड्का, सह संयोजक एवं कार्यक्रम संयोजक उषा खरेल, सचिब प्रेम प्रभा अधिकारीलगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार