• उवासंघ चितवनद्धारा मुग्लिन हाईवे अस्पताललाई स्वास्थ्य समाग्री हस्तान्तरण


    भरतपुर/जिल्ला स्थित उद्योगी व्यवसायीहरुको साझा सस्था उद्योग वाणिज्य संघ चितवले मुलुकमा फैलिएको दोस्रो चरणको कोरोना संक्रमण नियन्त्रणमा सहयोग पु¥याउने उदेश्यले स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ । संघले शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि इच्छाकामना स्थित मुग्लिन हाइवे अस्पताललाई करिव एक लाख रुपैयाँ वरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
    संघका अध्यक्ष राजु श्रेष्ठले अस्पतालका अध्यक्ष राम बहादुर लामालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले व्यवसाय भन्दा स्वास्थ्य ठुलो कुरा भएको वताउँदै संघको सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
    गैह्रनाफामुलक सस्थाको रुपमा मुग्लिन वजार क्षेत्रमा स्थापना भएर पनि चितवनका ग्रमिण क्षेत्रका मानिसहरुलाई स्वास्थ्य सेवा दिँदै आएको उक्त अस्पतालले राज्यवाट खासै सहयोग नपाएको हुँदा सो अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरिएको अध्यक्ष श्रेष्ठले वताउनु भयो । उक्त अस्पतालले ४० सैयाको आईसोलेसन सेन्टर संचालन गर्ने तयारी गरेको हुँदा उक्त स्वास्थ्य समाग्री कोरोना संक्रमण नियन्त्रणमा सहयोगी वन्ने अपेक्षा व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको वताउनु भयो ।
    कार्यक्रममा वोल्दै अस्पतालका अध्यक्ष राम बहादुर लामाले अस्पताललाई स्वास्थ्य समाग्री सहयोग गर्नु भएकोमा उवासंघ चितवन र आवश्यक समन्वय गरेकोमा उवासंघ इच्छाकामनालाई धन्यवाद सहित आभार प्रकट गर्नुभयो । प्राप्त स्वास्थ्य समाग्रीको अधिकतम सदुपयोग हुनेमा ढुक्क हुन आग्रह गदै उहाले आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो ।
    कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, द्धितीय उपाध्यक्ष चिरन्जीवि सुवेदी, कार्यसमिति सदस्य एवं स्वास्थ्य समितिका संयोजक सिरिष पन्त, कार्यसमिति सदस्य विकास थापा, मुक्ति कुमार श्रेष्ठ, लिल बहादुर क्षेत्री, संघको क्षेत्रीय संघ उवासंघ इच्छाकामनाका अध्यक्ष कल्याण गुभाजुलगायतको सहभागिता रहेको थियो । उद्योग वाणिज्य संघ चितवनले कोरोना राहत कोष स्थापना गरेर ज्याला मजदुरी गरि दैनिक गुजारा चलाउँदै आएका मानिसहरुलाई खाद्यान्न वितरण गर्दै आएको संघका कार्यकारी निर्देशक निल बहादुर केसीले जानकारी दिनुभयो ।
    लकडाउनले रोजगारी गमाएका मासिहरुको खाद्यान्न अभावको अवस्थालाई ध्यानमा राखेर कोरोना राहतकोष स्थापना गरिएको वताउँदै उहाले उक्त कोष निम्न वर्गिय मानिसहरुलाई वरदान सावित हुन पुगेको वताउनु भयो । गतवर्ष आफ्ना सदस्यहरुलाई कोरोना वीमाको व्यवस्था गरेको संघले यसवर्ष विभिन्न क्षेत्रका मानिस एवं संघसस्थाहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt