• वातावरण दिवसमा शान्ति समाज चितवनद्वारा वृक्षारोपण


    भरतपुर/विश्व वातावरण दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवनले शनिबार वृक्षारोपण गरेको छ । प्रकृतिको संरक्षण गरौं, रुख रोपौं भन्ने नारा सहित वातावरण दिवसको दिन शान्ति समाजले वृक्षारोपण गरेको हो ।
    समाजले नव जागृत सामुदायिक वन उपभोक्ता समूहको वनमा वृक्षारोपण गरेको मानव अधिकार तथा शान्ति समाज चितवनका सभापति शम्भु राउतले जानकारी दिनुभयो । वृक्षारोपणका लागि अधिकारकर्मीहरु पुर्णचन्द्र चापागाई, रबिन खतिवडा, रितु न्यौपाने, सुप्रिया सापकोटा लगायतकाको उपस्थिति रहेको थियो । सन् १९७२ मा संयुक्त राष्ट्रसंघद्वारा आयोजित सम्मेलनबाट घोषणा गरी प्रत्येक वर्ष ५ जुनका दिन वातावरण संरक्षण तथा सचेतनामा जोड दिँदै विश्व वातावरण दिवस मनाइन्छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt