• उवासंघ चितवनद्धारा राहत सामाग्री हस्तान्तरण


    भरतपुर/उद्योग वाणिज्य संघ चितवनले उद्योगी व्यवसायीको हकहित र व्यवसायिक विकासको अलावा सामाजिक काममा तीब्रता दिएको छ । संघले कोरोना संक्रमण र लकडाउनको कारण समस्यामा परेका विभिन्न क्षेत्रका मानिहरुलाई आवश्यकता अनुसारको राहत सामाग्री हस्तान्तरण कार्यक्रमलाई अभियानकै रुपमा अगाडी वढाएको छ । राहत सामाग्री वितरण अभियान अन्तरगत चितवनका उद्योगी व्यवसायीको छाता सस्था उद्योग वाणिज्य संघ चितवनले बुधबार देवघाट स्थित रामजानकी वालिका आश्रममा खाद्यान्नलगायत मसलन्द सामाग्री हस्तान्तराण् गरेको हो ।
    कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले सेवा नै धर्म हो भन्ने मान्यतालाई आत्मसाथ गर्दै संघले आश्रमलाई सहयोग सामाग्री उपलव्ध गराएको वताउनु भयो । कोरोना संक्रमणको दोस्रो लहरले सवै क्षेत्र प्रभावित भएको वताउँदै अध्यक्ष श्रेष्ठले वर्तमान विसम् परिस्थितीमा मानिसका आधारभूत आवश्यकता पुरा गर्नु पहिलो प्राथमिकता रहेको वताउनु भयो ।
    उहाले आगामी दिनमा पनि यस किसिमको सहयोग निरन्तर रहने जानकारी दिनुभयो । सहयोग ग्रहण गर्दै आश्रमका वालिकाहरुले उद्योग वाणिज्य संघ चितवनलाई आभार सहित धन्यवाद व्यक्त गरेका थिए । आश्रममा ३३ जना वालिकाहरु रहेका छन् । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, द्धितीय उपाध्यक्ष चिरन्जीवि सुवेदी, देवघाट प्रहरी चौकीका प्रमुख लगायतले सहभागिता रहेको थियो ।
    उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निल बहादुर केसीले संघ उद्योगी व्यवसायीहरुको सस्था भए पनि साजिक काममा उत्तिकै जिम्मेवार रहेको वताउनु भयो । कोरोना र लकडाउनले समस्यामा परेका मानिसहरुलाई सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt