स्व. डा. उपेन्द्र देवकोटाको सम्झना


हरिदत्त देवकोटा
पालुङ्टार, गोरखा (हाल चितवन)

क्या चोट प¥यो मुटुमा आज, मन भयो झसंग
उपेन्द्र डाक्टर संसार छाड्यौ, मन भयो भरंग ।
त्यो गाउँघर रोएर वस्छ, अशान्ति मनले
हे दैवलिला के गरिस् तैंले, के हुन्छ धनले ।

इश्वर तैंले रचेको थिइस्, सृष्टीको फुललाई
कसरि लगिस् कहाँपो पु¥याईस्, नेपालको ज्योतिलाई ।
नेपाल आमा रुँदैछिन् आज, त्यो आत्मा गल्दैछ
त्यो डाँडापारि जुडीखेत आज, फुटाहा खोज्दैछ ।

त्यो सिस्नेपानी धाराले आज, उनैलाई खोज्दैछ
पोखरी बारी त्यो साउने पानी, उनैलाई रोज्दैछ ।
डाँडा र काँडा त्यो हरियाली, पाखा र पखेरो
डाक्टर दाई नहुँदाखेरी, प्रकृती अध्यारो ।

त्यो पाठशाला त्यो ठाडो गल्ली, लुईटेल सुदर्शन
त्यो कान्तिपुरी हस्पिटल सोध्छ, डाक्टर कहाँ छन् ?
सवैको प्यारा थियौनी डाक्टर, गयौं नि रुवाई
अश्रुका धारा चुवाई सबका, यो मन तड्पाई ।

राज्यका थियौं अमुल्य तारा, अस्तायौं कता गई ?
फर्कन्नौं क्यारे यो पापी संसार, गयौंनी रुवाई ।
डाक्टर तिम्रो गूनको भारी, कहाँ गै विसाउला ?
अन्तिम शास नगएसम्म, तिमीलाई सम्झौंला ।

सबैको वाटो त्यहि हो नि आखिर, अमिर फकिरको
कालले नलै छोड्दैन एकदिन, मन गरौं शान्तिको ।
डाक्टर मैले शोकको आशु दुई थोपा चडाएँ
अमर रहु स्वर्गमा तिमी, यहि विन्ति टक्र्याए ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार