• भरतपुर महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रमका लागि चितवन उद्योग संघद्वारा सुझाव पेश


    भरतपुर/भरतपुर महानगरपालिकाको आ.व. २०७८÷०७९ कोे बजेट, नीति तथा कार्यक्रमका लागि चितवन उद्योग संघले सुझाव पेश गरेको छ । भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई हस्तान्तरण गर्नुभएको थियो । औद्योगिक नीति निर्माण तथा प्रदर्शनी केन्द्र सञ्चालन विभागका संयोजक एवं चितवन उद्योग संघका उपाध्यक्ष युग राज वस्तीले औद्योगिक प्रबद्र्धन, उद्यमी क्षमता अभिवृद्धि र रोजगारी सिर्जना र सीप विकास, राजश्व परामर्श, कृषि तथा पशुपंक्षी सम्बन्धि तयार गरिएको सुझावहरुलाई प्रस्तुतिकरण गर्नुभएको थियो ।
    कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले भरतपुर महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रमका लागि संघद्वारा तयार गरिएको सुझाव र संघले अघि सारेका महत्वपूर्ण परियोजनाहरुको बारेमा जानकारी गराउनु भएको थियो । सुझाव पत्र हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले चितवन उद्योग संघ र भरतपुर महानगरपालिकाबीच महानगरको विकास र महानगरका हरेक गतिविधिहरुमा सहकार्य गर्दै आएकोले चितवन उद्योग संघले ल्याएको सुझावलाई महत्वका साथ महानगरको बजेट, नीति तथा कार्यक्रममा सम्बोधन गरिने समेत बताउनुभयो ।
    सुझाव हस्तान्तरण कार्यक्रममा चितवन उद्योग संघका संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, संघका सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो । चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको सुझाव पेश कार्यक्रमलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt