• नेपाल शिक्षक महासंघको अन्तरक्रिया


    भरतपुर/विभिन्न मागसहित आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले बिहीबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल शिक्षक महासंघको आन्दोलन अन्तर्गत सातवटै प्रदेशबाट प्रतिनिधित्व गर्ने गरि शैक्षिक समस्याको वारेमा पत्रकारहरुसंग अन्तरक्रिया गरिएको हो ।
    महासंघका कार्यवाहक अध्यक्ष पूर्णप्रसाद दवाडीको अध्यक्षता र महासचिव लक्ष्मी किशोर सुवेदीको सञ्चालनमा भएको अन्तरक्रियामा महासचिवले महासंघले राखेका ३४ सूत्रीय मागहरु पत्रकारसमक्ष राख्नु भएको थियो । प्रविधिको प्रयोग गरि जुम मार्फत आयोजना गरिएको उक्त कार्यक्रममा अध्यक्ष दवाडीले महासंघको आधारपत्र प्रस्तुत गर्नु भएको थियो ।
    देशभरिबाट पत्रकारहरुको सहभागिता रहेको उक्त कार्यक्रममा पत्रकारहरु हिराबहादुर थापा, लक्ष्मीप्रसाद दहाल, प्रविण न्यौपाने, रामनारायण कुर्मी, रोशन गाउँले, कृष्णप्रसाद सिवाकोटी, मन्जिमा ढकाल, सुजन प्रेमी, सुनिता लोहनी, गोविन्द लुइँटेल र आनन्द पोखरेल लगायतले जिज्ञासाहरु राख्नु भएको थियो । उठेका जिज्ञाशाहरुको जवाफ कार्यवाहक अध्यक्ष पूर्णप्रसाद दवाडीले दिनु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt