• प्रभावकारी बन्दै बचौं र बचाऔं अभियानको निशुल्क खाना खुवाउने अभियान


    भरतपुर/बचौं र बचाऔं एक आशाको किरण नामक अभियान अन्तर्गत भरतपुरका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितका विरामी कुरुवाहरुलाई निशुल्क खाना खुवाउने अभियान प्रभावकारी बन्दै गएको छ । उक्त अभियानले कोरोना संक्रमण र लकडाउनको कारण आर्थिक अभावले गर्दा विहान वेलुकाको छाकटार्ने समस्यामा परेका कोरोना संक्रमितका कुरुवाहरुलाई निशुल्क खाना खुवाएर उत्कृष्ठ मानवीय कार्य गरेको भन्दै सवत्र प्रशंसा हुन थालेको छ । अभियानले विरामी कुरुवाको भोकोपेट सुत्नुपर्ने वाध्यता हटेको भन्दै अस्पताल र विरामी कुरुवाहरुले अभियानको खुलेर समर्थन गर्दै धन्यवाद व्यक्त गरेका छन् ।
    आर्थिक अवस्था कमजोर भई विहान वेलुकाको छाक टार्न समेत गाह्रो भएका कोरोना संक्रमित विरामी कुरुवाहरुको समस्यालाई मध्यनजर गरि निशुल्क खाना वितरण अभियान संचालन गरिएको बचौं बचाऔं एक आशाको किरण अभियानका अभियान्त शिरिष पन्तले जानकारी दिनुभयो ।
    भरतपुरका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीका कुरुवाहरुको समस्यालाई ध्यानमा राखेर भरतपुरका युवाहरु मिली स्वतःस्फुर्तरुपमा आर्थिक संकलन गरि निःशुल्क रात्रीकालीन खाना अभियान चलाएको जानकारी दिँदै अभियान्त पन्तले भरतपुर स्थित भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, पुरानो मेडिकल कलेज, चितवन मेडिकल कलेजलगायतका अस्पतालमा उपचाररत कोरोना संक्रमितका कुरुवाहरुलाई दैनिक साँझ निशुल्क खानाको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
    रातको समयमा कोही पनि भोको पेट सुत्नु नपरोस् भन्ने उद्देश्यले हामीले यो अभियान चलाएको जानकारी दिँदै पन्तले अभियानमा जोडिएर सहयोग गर्न चाहनुहुनेलाई जतिवेला पनि ठोका खुल्ला रहेको वताउनु भयो । दैनिक २५० जनाको हाराहारीमा विरामी कुरुवाहरुलाई निशुल्क रात्रिकालिन खानाको व्यवस्था गरिदै आएको जानकारी दिँदै उहाले उक्त अभियानले २५ दिन पार गरिसकेको जानकारी दिनुभयो ।
    बचौँ र बचाऔँ, एक आशाको किरण भन्ने मुल मन्त्रसहित कोरोना संक्रमितका विरामी कुरुवाहरुलाई खाना खुवाउने अभियानमा सामाजिक उत्तर दायित्व बहन गर्ने उद्देश्यका साथ कोरोना संक्रमणको दर बढिरहेको वर्तमान अवस्थामा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरिएको अभियान्ताहरुले जनाएका छन् । उक्त अभियानमा नारायणगढ जोसिज र चितवन अटोमोबाइल डिलर्स एसोसिएसन मुख्य सहयोगरी रहेका छन् भने समाजकल्याण वहुमुखी उपभोत्ता सहकारी सस्था भरतपुर १ पुल्चोक सहयोगी सस्थाको रुपमा रहेको छ ।


    यसैगरी, चितवन मेटल इन्जिनियरिङ एण्ड फेब्रिकेशन उद्योग समिति सहसहयोगी सस्थाको रुपमा रहेको छ । कोरोना महामारीका देशैभर निषेधाज्ञा भएको र संक्रमितहरु बढ्दै जादाँ ज्याला मजदुरी मात्र होईन अस्पतालमा उपचाररत विरामी सँगै विरामी कुरुवा समेत साँझ विहान भोकै बस्नु पर्ने समस्यालाई केही हद सम्म कम गर्न संक्रमितका कुरुवालाई खाना खुवाउने अभियान चलाएको चितवन मेटल इन्जिनियरिङ एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिनुभयो ।
    जेठ १२ गते देखी शुरु भएको बचौं र बचाऔं, एक आशाको किरण अभियान अन्तरगत रात्रिकालीन निशुल्क खाना खुवाउने कार्यक्रम पछिल्लो समय झनै लोकप्रिय हुँदै गएको छ । अभियानका अभियान्ताहरुले हरेक दिन भरतपुर स्थित नारायणी नमुना माध्यमिक विद्यालयमा खाना वनाएर प्याकिङ गरि विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितका कुरुवाहरुलाई वितरण गर्दै आएका छन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt