दिवाकर स्मृति विद्यालयको अध्यक्षमा पुनः पाण्डे


माडी/पश्चिम चितवनको माडी क्षेत्रकै अग्रणी विद्यालयको रुपमा परिचित दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाको व्यवस्थापन समिति अध्यक्षमा पुनः ओवनाथ पाण्डे चयन हुनुभएको छ । शुक्रबार सम्पन्न प्रतिनिधीमूलक अभिभावक भेलाले पाण्डेको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।
समितिका सदस्यहरुमा प्रजापति तिवारी, अम्बिका सुनार, निर्मला पोख्रेल, वडाध्यक्ष रामबन्धु पोखरेल र सदस्य सचिवमा विद्यालयका नवनियुक्त प्रधानाध्यापक राजु अधिकारी चयन हुनुभएको छ । अध्यक्ष पाण्डे यसअघि पनि सो विद्यालयको व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो ।
त्यसअघि, उहाँ सोमेश्वर सार्वजनिक शैक्षिक गुठीमार्फत निजी क्षेत्रबाट स्थापित तात्कालीन दिवाकर स्मृति विद्यालयको अध्यक्ष रहनुभएको थियो । उक्त विद्यालय र आधारभूत विद्यालय रमाइलोडाँडाबिच २०७५ जेठमा समायोजन भई दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा कायम भएको हो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार