नारायणगढ रोटरीद्वारा स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण

नारायणगढ/नारायणगढ रोटरी क्लबले भरतपुर-१५ मा अवस्थित शिवनगरको आयूर्वेदिक आइसोलेसन सेन्टरलाई २ थान अक्सिजन कन्सन्ट्रेटर लगायत कोरोना रोकथामका सामग्रीहरु सहयोग प्रदान गरेको छ ।
क्लबका अध्यक्ष अनुकूल श्रेष्ठले वडा न १५ का अध्यक्ष शम्भुबहादुर भण्डारी तथा आइसोलेसन सेन्टरका डाक्टर सबिना खड्कालाई सयुक्तरूपमा उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष निरन्जन प्रधान, वर्ष २०२१/२२ का लागि निर्वाचित अध्यक्ष अरुणकुमार खनाल र क्लबका सेवा परियोजना निर्देशक गुणेश्वर महतोको उपस्थिति रहेको थियो ।
लन्डनका रोटरी क्लबहरू रोटरी क्लब अफ लिमाभ्यादी, रोटरी क्लब अफ लन्डनडेरी र रोटरी क्लब अफ कोलेरेनको सहयोगमा उक्त अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको अध्यक्ष अनुकूल श्रेष्ठले बताए ।
सोही आसोलेसन सेन्टरमा क्लबद्वारा ६०० थान सर्जिकल मास्क, ५ लिटर सेनिटाइजर, अटोमेटिक सेनिटाइजर १ थान, अटोमेटिक लिक्विड सोप डिस्पेन्सर १ थान, फेसशिल्ड २० थान र ३०० थान सर्जिकल ग्लोब्स वितरण गरिएको क्लबका सेवा परियोजना निर्देशक इन्जिनियर गुणेश्वर महतोले हामीलाई बताए ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार