• ठुलो परिमाणमा अवैध धानको बिउ नष्ट


    भरतपुर/अवैध रुपमा नेपाल भित्रिएको ठुलो परिमाणको धानको विउ आइतबार भरतपुरमा नष्ट गरिएको छ । विभिन्न सरोकारवालाहरुको रोहवरमा कृषि ज्ञान केन्द्र चितवनले नेपाल सरकारले प्रतिबन्दित गरेको गोरखनाथ ५०९ जातको धानको विउ खाल्टोमा गाडेर नष्ट गरेको हो । नेपाल सरकारको सुचिकरणवाट हटेको धानको विउ विक्रि वितरणको लागि ल्याइएको अवस्थामा प्रहरीको सहयोगमा कृषि ज्ञान केन्द्र चितवनले वरामत गरेको हो ।
    चितवन र अन्य जिल्लाका विभिन्न एग्रेभेटहरुको माग बमोजिम विक्रीको लागि ल्याइएको उक्त धानको विउ मध्ये अधिकांश नारयणगढको एक टान्सपोर्टवाट बरामद गरिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभयो । वरामद गरिएको मध्ये थोरै धानको विउ जिल्लाका विभिन्न एग्रेभेटहरुवाट वरामद गरिएको हो । गत जेठ ४ गते चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ नष्ट गरिएको हो ।
    भारतवाट अवैध रुपमा नेपाल भित्रिएको उक्त धानको विउ मध्ये ३३ केजी नमूनाकोरुपमा राखेर बाँकी नष्ट गरिएको केन्द्रका बाली निरीक्षक मीनबहादुर पुनले बताउनु भयो । भारतीय उत्पादनकारुपमा रहेका यो जातको धानको बिउलाई गत वर्षमात्रै राष्ट्रिय बिउविजन समितिले नेपालका लागि उपयुक्त बिउको सूचीबाट हटाएको थियो । बिराटनगरको कोशी अर्गानिक मलले स्वस्तिका ट्रान्सपोर्ट प्रालिमार्फत चितवन पठाएको बिउ किसानले दिएको सूचनाको आधारमा ज्ञान केन्द्रले नियन्त्रणमा लिएको थियो ।


    प्रतिबन्धित धानको विउ मगाउने साझा एग्रोभेट सेवा टाँडी, चितवन भेट फर्मा टाँडी, विनिता एग्रो सेन्टर अमृतचोक, एभरेष्ट एग्रो इन्टरनेशनल नारायणगढ र प्रसान्त एग्रोभेट खुरखुरेलाई प्रति फर्म दश हजार रुपैया जरिवना गरिएको प्रमुख ढकालले जानकारी दिनुभयो । विउ मगाउने अन्य जिल्लाका एग्रोभेटहरुको हकमा सम्बन्धित कार्यालयमा कारबाहीका लागि सिफारिस गरिएको ढकालले वताउनु भयो । नष्ट गरिएको धानको बजार मूल्य अहिले २५ लाख रुपैयाँ छ । नेपालमा अहिले ७ चैते र १३८ जातका वर्षे धानका बिउहरु सूचीकृत छन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt