• ईक्यान चितवनद्वारा खाद्यान्न र शैक्षिक सामाग्री सहयोग

    चितवन/ नेपाल शैक्षिक परामर्श संघ (इक्यान ) चितवनद्धारा कालिका नगरपालिका वार्ड न- ९ का सिमान्तकृत अति विपन्न ५० घर चेपाङ्ग समुदायका बिपन्न परिवारलाई खाद्यान्न लागयतका सामग्रीहरु सहयोग गरिएको छ । उनीहरुलाई १/१ बोरा चामल, नुन, तेल, दाल, साबुन, ब्रस, मन्जन, झुल लगायतका सामाग्री सहयोग गरिएको हो ।
    साथै उक्त क्षेत्रमा रहेको अधिक मात्रामा चेपाङ्ग वालवालिकाहरु अध्ययन गर्ने कोलार राष्ट्रिय प्राथमिक विद्यालय, सुपार राष्ट्रिय प्राथमिक विद्यालय, लटौली राष्ट्रिय प्राथमिक विद्यालय र देवीटार राष्ट्रिय प्राथमिक विद्यालयहरुमा शैक्षिक सामाग्री सहयोग गरिएको छ । बिधालयमा कापी, कलम, पेन्सिल, कटर, इरेजर लगायतको सामाग्री हस्तान्तरण गरिएको थियो । ती बिधालय हरुमा अधिकांश चेपाङ र बिपन्न विद्यार्थीहरु अध्ययनरत छन । सो अबसरमा इक्यान चितवन अध्यक्ष हिम्मत पुरी, सचिव हेमराज सिग्देल, कोषाध्यक्ष दिपक भट्टराई, बिभागिय संयोजक किशोर सुवेदी, सदस्य भबेन्द्र गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt