उवासंघ चितवनद्धारा व्यवसाय सञ्चालनको माग


भरतपुर/उद्योग वाणिज्य संघ–चितवनले व्यवसाय सञ्चालनका लागि माग गरेको छ । उद्योग वाणिज्य संघ–चितवनले चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई ज्ञापन पत्र बुझाउंदै उक्त माग गरेको हो । ज्ञापन पत्र हस्तान्तरण गर्दै संघका अध्यक्ष राजु श्रेष्ठले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञा उद्यमी व्यवसायीले पालना गरेको बताउंदै हाल कोरोना संक्रमण दर घट्दो क्रममा रहेको कारण समय तालिका तय गरि आलोपालो उद्यम,व्यवसाय सञ्चालन हुने व्यवस्थाका लागि अनुरोध गर्नु भयो ।
उहा“ले कोरोना संक्रमणको अवस्था लगायत अन्य विपद्को समयमा निजी क्षेत्रको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रहि सरकारलाई सहयोग गर्दै आएको र आवश्यक परेको खण्डमा आगामी दिनमा पनि सहयोग गर्न उद्योग वाणिज्य संघ–चितवन सदैव तत्पर रहेको बताउनु भयो । अध्यक्ष श्रेष्ठले उद्यम व्यवसाय ठप्प हुंदा व्यवसायीलाई मार पर्नुका साथे दिर्घकालमा राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने बताउनु भयो । उद्यँेग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठबाट ज्ञापन पत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले संघले तयार गरेको विषयगत तालिकालाई अध्ययन गरि जानकारी दिने बताउनु भयो ।
कार्यक्रममा उहा“ले आगामी दिनमा हुने निर्णय परिस्थितिको अध्ययन गरि उद्यमी व्यवसायीको समन्वयमा हुने बताउनु भयो । कोरोनाको नया“ भेरियन्ट सहितको दोश्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि प्रशासनद्धारा लागु गरिएको पछिल्लो निषेधाज्ञा असार १० गते सम्म रहेको कारण असार ११ गते देखि स्वास्थ्य मापदण्ड पालना गर्ने गरि व्यवसाय सञ्चालन तालिका सहित माग गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । व्यवसाय सञ्चालनका लागि गरिएको माग पत्र बमोजिम अत्यावस्यक वस्तु तथा सेवा वाहेक संघमा आवद्ध भएका ३६ वटा वस्तुगत संघ माताहतका व्यवसायहरु, उद्योग कलकारखानालाई दैनिक ६ घण्टाका दरले हप्ताको ५ दिन आलोपालो पद्धती बमोजिम सञ्चालन गर्नका लागि अनुरोध गरिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनुभयो ।
यसै गरि यातायातका सन्दर्भमा जोर विजोर प्रणाली बमोजिम तथा होटल तथा लजका सम्बन्धमा भौतिक दुरी कायम गर्ने गरि सञ्चालनका लागि माग गरिएको संघको सचिवालयले जानकारी दिएको छ । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्ष त्रय सुमनकुमार श्रेष्ठ, चिरञ्जिवि सुवेदी भोजराज कौडाल र संघका कार्यकारी निर्देशक निलबहादुर केसीको उपस्थिति रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार