• भरतपुर रोटरीद्धारा घर हस्तान्तरण


    भरतपुर/रोटरी क्लव अफ भरतपुरले बिहीबार एक कार्यक्रमका विच सौराहामा रोटरी मुसहर वस्तिको घर हस्तान्तरण गरिएको छ । रोटरी क्लव अफ भरतपुरका अध्यक्ष डा. रेवन्त कुमार भट्टराईको अध्यक्षतामा भएको घर हस्तान्तरण कार्यक्रममा रोटरी मुसहर वस्ति निर्माण समितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठले रोटरी मुसहर वस्ती निर्माको वारेमा जानकारी गराउनु भएको थियो ।
    सो कार्यक्रममा क्लवका अध्यक्ष रेवन्त कुमार भट्टराई, मुसहर वस्ती निर्माण समितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठ र सदस्य गंगा तिमिल्सिना सिंहले संयुक्त रुपमा झरिया माझिलाई घर हस्तान्तरण गर्नु भएको थियो । यस्तै रोटरी मुसहर वस्ती निर्माण समितिका सदस्य तथा रोटरी क्लव अफ भरतपुरका पुर्व अध्यक्ष नयनराज नेपाल र रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष शिव प्रसाद उप्रेतीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
    उक्त कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष ई. सुरेश बहादुर सेन ठकुरी, पुर्व अध्यक्ष धन बहादुर श्रेष्ठ, पुर्णचन्द्र सापकोटा, निर्वाचित अध्यक्ष राजेन्द्र कुमार पिया, सचिव भुपेन्द्रराज वस्नेत, कोषाध्यक्ष ऋषिराम तिमिल्सीना, सदस्यहरु राम बहादुर वस्नेत, नविन भण्डारी, शालिग्राम शर्मा, लोमश श्रेष्ठ, कृष्णहरि तिमल्सेना, गंगा तिमिल्सिना सिंह, गोविन्द प्रसाद पौडेललगायतको सहभागिता रहेको थियो । क्लवले सन् २०१७÷१८ मा पनि घर निर्माण गरि हस्तान्तरण गरेको थियो भने अहिले दोस्रो चरणमा ८ वटा घर निर्माण गर्ने कार्यक्रम अन्तरगत एउटा घर निर्माण गरि हस्तान्तरण गरेको हो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt