• मुक्तकः बाहाना


    बालकृष्ण खनाल
    भरतपुर, चितवन

    कहिले काहीँ याद, जिउने बाहाना बन्छ
    कहिले काहीँ याद, पिउने बाहाना बन्छ ।
    रिसैले हेरेको भएनि, उनको एक नजरले
    फाटेको मुटु मेरो, सिउने बाहाना बन्छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt